नाडेपको १० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 29, 2020 07:47 AM Merolagani



नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड (NADEP) को १० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज (असोज १३ गते) अन्तिम दिन हो।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (असोज १४ गते) बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको बोनस शेयर प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले चुक्ता पूँजी ३६ करोड ८० लाखको १० प्रतिशतका दरले हुन आउने रकम ३ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न असोज २८ गते पाँचौ वार्षिक साधारण सभा डाकेको छ। लघुवित्तले रानीबन पार्टी एण्ड रेष्टुराँ, नागार्जुन, काठमाडौँमा बिहान ११ बजे सभा डाकेको हो।

सभाले बोनस शेयरको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने, शेयर संरचना परिवर्तन गरी ५१ः४९ कायम गर्ने, मर्जर तथा एक्विजिसनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।