शतप्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति माग्दै अरुण भ्याली हाइड्रोपावर पुग्यो धितोपत्र बोर्ड

Oct 11, 2020 01:13 PM Merolagani



अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC) ले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले सो दरमा हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

कम्पनीले १ बराबर १ अनुपातमा ९९ करोड ८३ लाख २३ हजार २०० रुपैयाँ बराबरको ९९ लाख ८३ हजार २३२ कित्ता हकप्रद शेयर निष्काशन गर्न बोर्डमा असोज २१ गते आवेदन दिएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीलाई हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगले गत साउन १६ गते स्वीकृती दिएको थियो।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।