शतप्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति माग्दै अरुण भ्याली हाइड्रोपावर पुग्यो धितोपत्र बोर्ड

Oct 11, 2020 01:13 PM Merolagani



अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC) ले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले सो दरमा हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

कम्पनीले १ बराबर १ अनुपातमा ९९ करोड ८३ लाख २३ हजार २०० रुपैयाँ बराबरको ९९ लाख ८३ हजार २३२ कित्ता हकप्रद शेयर निष्काशन गर्न बोर्डमा असोज २१ गते आवेदन दिएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीलाई हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगले गत साउन १६ गते स्वीकृती दिएको थियो।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।