हाईड्रोपावर कम्पनीहरुले हकप्रद निष्काशन गर्न कति उपयुक्त ?

Oct 12, 2020 02:25 PM Merolagani



  • सुधा देवकाेटा

पछिल्लो समय शेयर बजारका लगानीकर्ता बिचमा हाईड्रोपावर कम्पनीहरुले हकप्रद निष्काशन गर्न कत्तिको उपयुक्त हुने भन्नेबारेमा चर्चा चल्न थालेको छ । धितोपत्र बजारको दोस्रो बजारमा हाईड्रोपावर कम्पनीको शेयर मूल्य सुधार भएको मौका छोपेर हाइड्रोपावर कम्पनीहरुले हकप्रद बिक्री गर्ने दाउमा रहेको लगानीकर्ताहरुको आरोप छ ।

बैंक तथा वित्तीय संस्थाहरुले पूँजी वृद्धिको लागि हकप्रद निष्काशन गरेजस्तो हाईड्रोपावर कम्पनीलाई नपर्ने लगानीकर्ताहरुको भनाई छ । हाईड्रोपावर कम्पनीले नयाँ आयोजनामा लगानी गर्दैछ भने नँया कम्पनी स्थापना गरी शेयर निष्काशन गर्न पाउने व्यवस्था छ । 

हाइड्रोपावर कम्पनीलाई हकप्रद आवश्यक छ वा छैन् भन्ने कुरा सम्बन्धीत कम्पनीकाे निणर्यमा भरपर्ने जलविधुत उद्ममी ज्ञानेन्द्र लाल प्रधानले बताए । यदि कुनै हाईड्रोले हकप्रद निष्काशन गरेर अन्य आयोजनामा लगानी गर्ने तयारीमा लागेको र नेपाल सरकारबाट उक्त आयोजनाको लागि अनुपति पाई सकेको छ भने उक्त आयोजना दुई तीन महिना पछि निमार्ण गर्दै छ र फाईनान्स क्लोजर भई विद्युत बिक्रीका लागि पिपिए भईसकेको छ भने त्यस्ता कम्पनीहरुलाई हकप्रद निष्काशन गर्न अनुमति दिनु पर्ने प्रधानको भनाई छ ।

यदि कुनै हाईड्रोपावर कम्पनीले हकप्रद निष्काशन गरेर कतै लगानी गर्दैन त्यस्ता कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिनु नहुने उनको भनाई छ । नेपाल धितोपत्र बोर्डले हकप्रद निष्काशनको स्वीकृत गर्दा उक्त कम्पनीलाई हकप्रद जारी गरि सक्नुपर्ने समयावधी र हकप्रद मार्फत संकलन भएको पूँजी मार्फत निमार्ण हुने आयोजनाको निमार्ण सम्पन गरी सक्नु पर्ने सुनिश्चितता गरेर मात्र हकप्रद निष्काशको लागि स्वीकृत गर्नुपर्ने प्रधानको भनाई छ ।

हकप्रद निष्काशनको स्वीकृत दिने निकायहरुले हकप्रद निष्काशनको लागि अनुमति दिएर आखाँ चिम्लिएर बस्न नहुने उनले बताए । यदि कुनै कम्पनीहरुले हकप्रद मार्फत संकलन भएको रकमको ब्याज खाएर बसेका छन् भने त्यस्ता कम्पनीलाई हदै सम्मको दण्ड सजायको व्यवस्था गर्न समेत सम्बन्धीत नियामक निकायहरु पछि हट्न नहुने प्रधानको भनाई छ ।

यता धितोपत्र बजारका लगानीकर्ता तथा इभेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढाकालले यदि कुनै हाईड्रोपावर कम्पनीले सहायक कम्पनी स्थापना गरेर लगानी गर्दैछ भने उक्त सम्बन्धीत हाईड्रोपावर कम्पनीले हकप्रद निष्काशन गर्न आवश्यक हुने बताए । हाईड्रोपावर कम्पनीले हकप्रद निष्काशन गर्दैछ भने त्यसको सबै कारण खुलाई र त्यसको प्रगति सहित धितोपत्र बोर्डसँग अनुमति माग गर्नुपर्ने व्यवस्था भएकाले त्यसमा कुनै संका गर्नुुको कुनै औचित्य नरहने ढकालको भनाई छ ।

शेयर बजारका लगानीकर्ताहरुले हकप्रद र लाभांश भन्ने वित्तीकै हौसिएर किन्ने गरेको भन्दै सामाजिक सञ्जाल तिर लगानीकर्ताहरुको बहस चल्न थालेको छ । हाईड्रोपावर कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएको अवस्थामा लगानीकर्ताको सेन्टिमेन्टलाई प्रयोग गरेर हाईड्राेपार कम्पनीहरुले हकप्रद बिक्री गर्ने गरेको उनीहरुको आरोप छ । हकप्रद क्षणिक रुपमा राम्रो जस्तोलागे पनि समग्रमा शेयर बजारमा राम्रो नहुने उनीहरुको भनाई छ । हकप्रद बजारमा आए पछि शेयर सप्लाई बढ्ने र कम्पनीको प्रतिशेयर आम्दानीमा गिरावट आउने भएको कारणले गर्दा पनि हकप्रद आवश्यक नहुने उनीहरुको तर्क रहेको छ ।

हाल हाईड्रो इलेट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, बरुण हाईड्रो, अरुण भ्याली हाईड्रोपावर र न्याङदी ग्रुप पावरले हकप्रद अनुमतिका लागि नेपाल धितोपत्र बोर्डको पर्खाइमा छन् भने आगामी कार्तिक १४ गतेदेखि अपि पावर कम्पनीले हकप्रद बिक्री गर्दैछ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।