नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई १००ः३० रेसियाेमा गाभ्ने

Oct 14, 2020 02:12 PM Merolagani



नेपाल इन्भेष्टमेण्ट बैंकले (NIB) असोज २८ गते, बुधबार बैंकको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा साधारण सभा सम्पन्न गरेको छ । “क” वर्गको वाणिज्य बैंकहरुमध्ये अग्रणी बैंकको रुपमा रहेको नेपाल इन्भेष्टमेण्ट बैंकले “ग” वर्गको फाइनान्स कम्पनी सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने  प्रयोजनकालागि सो साधारण सभा गरिएको हो । 

सामाजिक दूरी कायम गर्ने निर्देशनको पालना गर्दै बैंकले भर्चुअल माध्यमबाट सभा सम्पन्न गरेको हो । यस विशेष साधारण सभाबाट सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई १००ः३० अर्थात् सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १०० कित्ता शेयर बापत नेपाल इन्भेष्टमेण्ट बैंकको ३० कित्ता शेयर दिने शेयर स्वाप अनुपातमा सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई बैंकमा गाभ्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ । ४० करोड चुक्ता पूँजी रहेको सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई गाभ्ने प्रक्रिया सम्पन्न भएपछि नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १४.३७ अर्ब हुनेछ र प्रवद्र्धकहरुको शेयर स्वामित्व ६८.४८ प्रतिशत हुनेछ भने सर्वसाधारणहरु शेयर स्वामित्व ३१.५२ प्रतिशत हुनेछ ।

नेपाल इन्भेष्टमेण्ट बैंकको हाल ८३ वटा शाखा, १२५ वटा एटीएमहरू, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ्ग काउन्टरहरू रहेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।