एनआईसी एशिया बैंकले ल्यायो ‘डिजिटल उत्सव’ योजना

Oct 14, 2020 02:12 PM Merolagani



एनआईसी एशिया बैंकले (NICA) वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई उल्लासमय बनाउने उद्देश्यले ‘डिजिटल उत्सव’ योजना सार्वजनिक गरेको छ । यस योजना अनुसार बैंकका ग्राहकहरूले १ कार्तिक देखि ५ मंसिर २०७७ सम्म १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गर्दा डिजिटल भुक्तानी गरी आकर्षक नगद छुट तथा नगद फिर्ता क्यास ब्यासको लाभ लिन सक्नेछन् ।

यस योजनामा बैंकका मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा १९ वटा विभिन्न ब्राण्ड तथा स्टोरहरूमा निम्न अनुसार ५० प्रतिशतसम्म नगद छुट तथा क्यास ब्याज प्राप्त गर्न सकिनेछ ।

देशव्यापी कोभिड १९ महामारीका कारण सामाजिक दुरी कायम राख्नुपर्ने आवश्यकतालाई बैंकले आफ्नो उत्तरदायित्व महसुश गर्दै वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वको अवसरमा ग्राहकहरूलाई आवश्यक पर्ने विभिन्न सामग्रीहरू खरिद गर्न ल्याएको ‘डिजिटल उत्सव’ योजना सहज एवं सुरक्षित हुने बैंकको विश्वास रहेको छ । चाडपर्वको कोशेलीस्वरूप ल्याइएको यस योजनाले आम ग्राहकहरूको समेत डिजिटल कारोबारमा पहुँच पु¥याउदै मुलुकमा नगदरहित कारोबारको विस्तार गर्न थप सघाउ पुग्ने बैंकले अपेक्षा लिएको छ ।

बैंकले ल्याएको यस ‘डिजिटल उत्सव’ योजना अन्तर्गत ग्राहकहरूले विभिन्न इलेक्ट्रोनिक्स सामग्री, गरगहना, ग्याजेट, सवारी साधन, खाद्यान्न, हेलिकप्टर टुर लगायत विभिन्न सामग्रीहरू सर्वाधिक नगद छुट तथा क्यास ब्याकमा खरिद गरी यो वर्षको चाडपर्वमा खुसीयाली थप्न सकिनेछ । 

बैंकको मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४६९ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।