एकैदिन थपिए २६३८ जना कोरोना संक्रमित, उपत्यकामा १४०३ जना

Oct 14, 2020 04:30 PM Merolagani



बुधबार दुई हजार ६३८ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्यासँगै देशभरमा संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका एक हजार ४०३ जना रहेका छन् । काठमाडौंका ९९६ जना , ललितपुरका ३०५ जना र भक्तपुरका १०२ जना गरी सो संख्या पुगेको हो ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर दुई हजार १७४ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ८० हजार ९५४ जना कोरोना मुक्त भइसकेका छन् ।

हाल देशभरमा कवारेन्टिनमा चार हजार ६६६ जना छन् भने संस्थागत आइसोलेसनमा १४ हजार ८१९ जना र होम आइसोलेसनमा २१ हजार ५४८ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गत २४ घण्टामा १३ हजार ९४७ पीसीआर परीक्षण भएको छ । अहिलेसम्म मुलुकमा कुल १२ लाख २१ हजार ३८ परीक्षण भइसकेको छ ।

 




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।