प्रि ओपन सेसन अपडेटः ०.२३ प्रतिशत बढ्यो नेप्से

Oct 15, 2020 10:51 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.२३ प्रतिशत बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ७.४२ अंक घटेर १५६१.१७ विन्दुमा बन्द भएको नेप्से सो सेसनमा ३.५२ अंक बढेर १५६४.६९ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.४८ अंक बढेको छ।

सो सेसनमा २३ कम्पनीको १२ लाख ४६ हजार ८१० रुपैयाँ बराबरको ३ हजार १५० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ।

 




मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने

Sep 07, 2026 10:02 AM

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।