प्रि ओपन सेसन अपडेटः ०.२३ प्रतिशत बढ्यो नेप्से

Oct 15, 2020 10:51 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.२३ प्रतिशत बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ७.४२ अंक घटेर १५६१.१७ विन्दुमा बन्द भएको नेप्से सो सेसनमा ३.५२ अंक बढेर १५६४.६९ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.४८ अंक बढेको छ।

सो सेसनमा २३ कम्पनीको १२ लाख ४६ हजार ८१० रुपैयाँ बराबरको ३ हजार १५० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।