यूनियन लाईफले व्यतित बीमालेखहरुमा शतप्रतिशत ब्याज छुट दिने

Oct 15, 2020 11:46 AM Merolagani



यूनियन लाईफ इन्स्योरेन्सले (UNIONLIFEINSURANCE) जारी गरेका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्कको व्याजमा शतप्रतिशत छुट दिने भएको छ ।

कम्पनीले निर्धारित समयमा भुक्तानी नभई व्यतित भएको अवस्थामा त्यसरी व्यतित भएको बीमालेखको लागि आवश्यक प्रकृया पुरा गरी २०७७ असोज २८ गतेदेखि असोज ३० गतेसम्ममा नवीकरण गराएमा लाग्ने बीमा शुल्क ब्याजमा शत्प्रतिशत छुट प्रदान गर्ने घोषणा गरेको हो ।

नविकरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने र कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त हुने कम्पनीले जनाएको छ । 




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।