यूनियन लाईफले व्यतित बीमालेखहरुमा शतप्रतिशत ब्याज छुट दिने

Oct 15, 2020 11:46 AM Merolagani



यूनियन लाईफ इन्स्योरेन्सले (UNIONLIFEINSURANCE) जारी गरेका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्कको व्याजमा शतप्रतिशत छुट दिने भएको छ ।

कम्पनीले निर्धारित समयमा भुक्तानी नभई व्यतित भएको अवस्थामा त्यसरी व्यतित भएको बीमालेखको लागि आवश्यक प्रकृया पुरा गरी २०७७ असोज २८ गतेदेखि असोज ३० गतेसम्ममा नवीकरण गराएमा लाग्ने बीमा शुल्क ब्याजमा शत्प्रतिशत छुट प्रदान गर्ने घोषणा गरेको हो ।

नविकरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने र कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त हुने कम्पनीले जनाएको छ । 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।