सानिमा जनरल इन्स्योरेन्सको आईपीओ रिजल्ट मेरोलगानीमा, यसरी हेर्नुहोस्

Oct 16, 2020 11:53 AM Merolagani



सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशनमा ल्याएको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको शेयरमा आवेदन गर्ने २ लाख ७३ हजार जना आवेदकले शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार गोलाप्रथाबाट १० कित्ता शेयर हात परेका छन्।

इन्स्योरेन्सको आइपीओमा कुल ८ लाख ६६ हजार ९०५ जना आवेदकबाट एक करोड ८५ लाख २९ हजार २४० कित्ता आइपीओ शेयर खरिदको लागि आवेदन परेको थियाे। जसमध्येमा ३ हजार ३६० जना आवेदकबाट परेको ६२ हजार २८० कित्ता शेयरको आवेदन रद्द भएको एनआईसी एशिया क्यापिटलले जनाएको छ। रितपूर्वक आवेदन दिने कुल ८ लाख ६३ हजार ५८५ आवेदकमध्ये २ लाख ७३ हजार जनाले १० कित्ता शेयर प्राप्त गरेका छन् भने ५ लाख ९० हजार ५८५ जनाकाे हात खाली भएकाे छ।

इन्स्योरेन्सले असोज २१ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो। इन्स्योरेन्सले निष्काशन गरेको कुल शेयरमध्ये एक लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।

आईपीओको रिजल्ट यसरी हेर्नुहोस्

आईपीओको नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा रहेको आईपीओ (IPO) शीर्षक भित्र रहेको आईपिओ रिजल्ट(IPO RESULT) मा जानुहोस्।

त्यसपछि, आईपीओको नतिजा हेर्नुपर्ने सम्बन्धित कम्पनी सानिमा जनरल इन्स्योरेन्स छनौट गरि हितग्राही खाता नम्बर (DMAT NO.) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH) मा गएर आफुलाई आईपीओ पर्यो कि परेन हेर्न सकिनेछ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।