युनाइटेट सिमेन्ट्सद्वारा अग्रपंक्तीमा खटिनेहरुकालागि एक भिडियो सार्वजनिक

Oct 16, 2020 12:59 PM Merolagani



युनाइटेट सिमेन्ट्सले कोरोना जोखिमको यो कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तीमा खटिनेहरुको सम्मान स्वरुप एउटा भिडियो सार्वजनिक गरेको छ ।

यस म्यूजिक भिडियोको लक्ष्य अग्रपंक्तीमा खटिने साहसी व्यक्तिहरुलाई धन्यवाद भन्नु र सम्मान स्वरुप सलाम गर्नु हो । यस गीतले अग्रस्थानमा काम गर्ने सम्पूर्णको मनोबल बढाउने धारणा यूनाइटेड सिमेन्ट्सले व्यक्त गरेको छ ।

रामकृष्ण ढकाल, सुगम पोखरेल, प्रमोद खरेल, रजिना रिमाल, मेलिना राई, मोहित मुनाल र सन्तोष दंगालको स्वर, रचनाकार सन्तोष पौड्यालको लेखन, मोहित मुनालको संगीत संयोजन र कलाकार व्यवस्थापन रहेको छ । यो गीतको भिडिओ फेसबुक र युट्युबमा पनि उपलब्ध छ ।




५ कम्पनीको शेयरमूल्य समायोजन

Nov 28, 2025 06:34 AM

मंसिर १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको हो।