युनाइटेट सिमेन्ट्सद्वारा अग्रपंक्तीमा खटिनेहरुकालागि एक भिडियो सार्वजनिक

Oct 16, 2020 12:59 PM Merolagani



युनाइटेट सिमेन्ट्सले कोरोना जोखिमको यो कठीन घडीमा आफ्नो ज्यानको समेत माया नगरी अग्रपंक्तीमा खटिनेहरुको सम्मान स्वरुप एउटा भिडियो सार्वजनिक गरेको छ ।

यस म्यूजिक भिडियोको लक्ष्य अग्रपंक्तीमा खटिने साहसी व्यक्तिहरुलाई धन्यवाद भन्नु र सम्मान स्वरुप सलाम गर्नु हो । यस गीतले अग्रस्थानमा काम गर्ने सम्पूर्णको मनोबल बढाउने धारणा यूनाइटेड सिमेन्ट्सले व्यक्त गरेको छ ।

रामकृष्ण ढकाल, सुगम पोखरेल, प्रमोद खरेल, रजिना रिमाल, मेलिना राई, मोहित मुनाल र सन्तोष दंगालको स्वर, रचनाकार सन्तोष पौड्यालको लेखन, मोहित मुनालको संगीत संयोजन र कलाकार व्यवस्थापन रहेको छ । यो गीतको भिडिओ फेसबुक र युट्युबमा पनि उपलब्ध छ ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।