कनेक्ट आइपिएस मार्फत डिजिटल दक्षिणा

Oct 16, 2020 01:00 PM Merolagani



दशैँको चाड नगदरहित रुपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका निम्ति एनसीएचएलले “मनाऔँ दशैँ १५ दिनै कनेक्ट आइपिएससँगै" योजना ल्याएको छ ।

यस अन्तर्गत बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गते सम्म कनेक्ट आइपिएसमार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाउन सक्ने व्यवस्था गरेको छ जसअन्तर्गत हरेक दिन १० भाग्यशाली विजेताहरुले एक हजार रुपैयाँको गिफ्ट भाउचर प्राप्त गर्न सक्नेछन् ।

कनेक्ट आईपिएसमा रजिष्टर गरेका बैंकका ग्राहकहरुले www.connectips.com वा यसको मोबाईल एप्समा रहेको “ट्रान्सफर डिजिटल दक्षिणा"मा क्लिक गरी डिजिटल दक्षिणा पठाउन सक्नेछन् । यसरी दक्षिणा पठाउने ग्राहकहरुमध्ये छानिएका १० दैनिक विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ ।

बैंकका ग्राहकहरुले कनेक्ट आइपिएसमा एक पटक रजिष्टर गरी आफ्ना खाताहरु लिंक गरी बैंकबाट वा अनलाईनबाटै सेल्फ भेरिफाई गराई सेवा सुचारु गर्न सक्दछन् । ग्राहकहरुले घरमै बसी सहज तरिकाले फण्ड ट्रान्सफर लगायतका अन्य भुक्तानीहरु खाताबाटै गर्न कनेक्ट आइपिएसको वेभसाइट www.connectips.com, यसको मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल/ईन्टरनेट बैंकिङ्गमा रहेको कनेक्ट आइपिएस तथा विभिन्न क्रेडिटरहरुको वेभसाइटमा जोडिएको पेमेन्ट गेटवेलगायतका माध्यमहरु प्रयोग गर्नसक्छन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।