सानिमा इक्वीटी फण्डले तोक्यो लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज मिति

Oct 16, 2020 01:38 PM Merolagani



सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्ड (SAEF) ले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।

फण्डले लाभांश वितरण प्रयोजनका लागि कात्तिक १४ गते एक दिन बुकक्लोज गर्ने भएको छ। फण्डको योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को लागि योजनाका इकाईधनीहरुलाई ७ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। सो लाभांश वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज मिति तोकेको हो।

यस अनुसार कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।