सानिमा इक्वीटी फण्डले तोक्यो लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज मिति

Oct 16, 2020 01:38 PM Merolagani



सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्ड (SAEF) ले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।

फण्डले लाभांश वितरण प्रयोजनका लागि कात्तिक १४ गते एक दिन बुकक्लोज गर्ने भएको छ। फण्डको योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को लागि योजनाका इकाईधनीहरुलाई ७ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। सो लाभांश वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज मिति तोकेको हो।

यस अनुसार कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।