शुक्रबार उपत्यकाका २४०२ जना सहित ४३९२ जना कोरोना संक्रमित थपिए

Oct 16, 2020 04:32 PM Merolagani



शुक्रबार चार हजार ३९२ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्यासँगै देशभरमा संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका दुई हजार ४०२ जना रहेका छन् । काठमाडौंका एक हजार ७८४ जना , ललितपुरका ३७४ जना र भक्तपुरका २४४ जना गरी सो संख्या पुगेको हो ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर तीन हजार ५२२ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ८८ हजार ४० जना कोरोना मुक्त भइसकेका छन् ।

हाल देशभरमा कवारेन्टिनमा चार हजार ८०८ जना छन् भने संस्थागत आइसोलेसनमा १२ हजार ३३६ जना र होम आइसोलेसनमा २५ हजार ४६ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गत २४ घण्टामा १६ हजार ५३१ पीसीआर परीक्षण भएको छ । अहिलेसम्म मुलुकमा कुल १२ लाख ५४ हजार १६७ परीक्षण भइसकेको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।