शुक्रबार उपत्यकाका २४०२ जना सहित ४३९२ जना कोरोना संक्रमित थपिए

Oct 16, 2020 04:32 PM Merolagani



शुक्रबार चार हजार ३९२ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्यासँगै देशभरमा संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका दुई हजार ४०२ जना रहेका छन् । काठमाडौंका एक हजार ७८४ जना , ललितपुरका ३७४ जना र भक्तपुरका २४४ जना गरी सो संख्या पुगेको हो ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर तीन हजार ५२२ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ८८ हजार ४० जना कोरोना मुक्त भइसकेका छन् ।

हाल देशभरमा कवारेन्टिनमा चार हजार ८०८ जना छन् भने संस्थागत आइसोलेसनमा १२ हजार ३३६ जना र होम आइसोलेसनमा २५ हजार ४६ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गत २४ घण्टामा १६ हजार ५३१ पीसीआर परीक्षण भएको छ । अहिलेसम्म मुलुकमा कुल १२ लाख ५४ हजार १६७ परीक्षण भइसकेको छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।