आइतबारदेखि ललितपुर र भक्तपुर जिल्लामा अत्यावश्यक बाहेकका सेवा बन्द हुने

Oct 16, 2020 09:21 PM merolagani



ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएका छन्।

शुक्रबार ललितपुर जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँगको छलफलपछि उक्त निर्णय गरेको हो ।

कात्तिक २ देखि ललितपुर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेकका सेवा प्रवाह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भीड अत्याधिक भई संक्रमण फैलिने जोखिम रहेका कारण उक्त निर्णय गरेको प्रशासन कार्यलय ललितपुरले जनाएको छ । यसैगरी भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि सार्वजनिक सूचना जारी गर्दै आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने  जनाएकाे छ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।