आइतबारदेखि ललितपुर र भक्तपुर जिल्लामा अत्यावश्यक बाहेकका सेवा बन्द हुने

Oct 16, 2020 09:21 PM merolagani



ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएका छन्।

शुक्रबार ललितपुर जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँगको छलफलपछि उक्त निर्णय गरेको हो ।

कात्तिक २ देखि ललितपुर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेकका सेवा प्रवाह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भीड अत्याधिक भई संक्रमण फैलिने जोखिम रहेका कारण उक्त निर्णय गरेको प्रशासन कार्यलय ललितपुरले जनाएको छ । यसैगरी भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि सार्वजनिक सूचना जारी गर्दै आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने  जनाएकाे छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।