कस्तो आउला वाणिज्य बैंकहरुको पहिलो त्रैमासिक वित्तीय विवरण?

Oct 19, 2020 08:32 AM Merolagani

सबिना बजगाई
कोरोना भाइरसको महामारीले समग्र विश्वको अर्थव्यवस्थालाई तहसनहस बनाएको छ। यसको प्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रमा पनि देखिएको छ। यस्तो अवस्थामा पहिलो त्रैमासको अन्त्यसँगै शेयर बजारका लगानीकर्ताहरु सूचीकृत कम्पनीहरुको वित्तीय विवरण कस्तो आउँला भन्ने चर्चा परिचर्चा गर्न थालेका छन्। 

असोज मसान्त सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरुले पहिलो त्रैमासको आफ्नो प्रगति विवरण प्रकाशन गर्ने क्रम शुरु हुन्छ। यद्यपी पछिल्लो समय कोरोना तीव्र रुपमा फैलिएसँगै सरकारले विभिन्न समयमा जारी गरेको लकडाउन, निषेधाज्ञा र विभिन्न ठाउँमा गरिएको सीलका कारण समग्र देशको व्यापार व्यवसाय लगायत समग्र आर्थिक गतिविधि सुस्त भएको छ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय अवस्थालाई हेर्ने हो भने समग्रमा आम्दानी घट्ने जस्तो देखिएको वाणिज्य बैंकहरुको छाता संस्था, नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष भुवन दाहाल बताउँछन्।

‘अहिले बैंकहरुबीच प्रतिस्पर्धा बढेको छ। प्रतिस्पर्धा बढेसँगै बैंकहरुको समग्रमा ब्याजदर अन्तर एकदमै घटेको अवस्था छ। ब्याजदर अन्तर घट्नु भनेको खुद ब्याज आम्दानी घट्नु हो,’ सानिमा बैंकका सिईओ समेत रहेको दहाल बताउँछन्।

यसैगरी, प्रतिस्पर्धा बढेकाले फी इनकम, कमिशन इनकममा पनि बैंकहरुमा मार्जिन साँघुरिदैँ गएको छ। त्यसले गर्दा समग्रमा बैंकहरुको आम्दानी घटेको दाहालको भनाई छ।

अहिले कोभिडको प्रभावले गर्दा आर्थिक गतिविधि सुस्त छ। जसले गर्दा बैंकहरुले अपेक्षा गरे अनुसार कर्जा प्रवाह हुन सकिरहेको छैन। रिकभरी कम छ। ‘बैंकहरुको कर्जा प्रवाह जसरी हुनुपथ्र्याे त्यो कम भएको अवस्था छ। कुनै कुनै बैंकको राम्रो भएको पनि हुनसक्छ,’ दाहाल बताउँछन्। यसले बैँकहरुको आम्दानीमा प्रभाव पर्ने देखिएको छ।

साउन लागेदेखि बैंकहरुसँग तरलता अधिक छ। बैंकहरुले ८५ प्रतिशतसम्म सीसीडी रेसियो मेन्टेन गर्न पाइन्छ तर, अधिक तरलता भएको कारणले बैंकहरुको सीसीडी रेसियो ७२ प्रतिशत हाराहारीमा मात्रै छ। यसको मतलब बैंकहरुसँग लोन दिने प्रशस्त पैसा छ। जसले गर्दा बैंकहरुले साउन लागेदेखि राम्रा ग्राहकहरुलाई ‘कर्जा लिन आउनुस्’ भन्ने रिक्वेस्ट गर्ने प्रचलन एकदमै बढेको छ। ‘ग्राहकहरु पनि एकदमै डिमान्डिङ भइरहेका छन्। तरलता बढी भएको कारणले गर्दा ब्याजदरमा तीव्र प्रतिस्पर्धा छ,’ दाहाल बताउँछन्।

योसँगै ‘ऋणको ब्याजदर घटाइदेउ’ भन्ने ग्राहकरुको एकदमै माग बढिरहेको छ। ‘१० प्रतिशत ब्याजमा ऋण लिएका ग्राहकहरुले ९ प्रतिशतमा दिनुस् ८ प्रतिशतमा दिनुस् भनेर प्रवृत्ति बढिरहेको छ,’ दहाल भन्छन्। त्यसले गर्दा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकहरुको खुद ब्याज आम्दानी घट्न सक्ने उनको भनाई छ।

महामारीको रुपमा फैलिएको कोरोनाबाट बैंकिङ्ग क्षेत्र पनि अछुतो रहन सकेको छैन। बैंकका कर्मचारीहरु नै कोरोनाले प्रभावित भएर बैंकहरु नै पूर्ण रुपमा सञ्चालनमा आउन सकिरहेका छैनन्। त्यसकारणले गर्दा व्यवसाय जुन हिसाबले बढ्नुपर्ने हो, त्यो हिसाबले बढ्न सकिरहेको छैन। त्यसले पनि केही प्रभाव पर्न सक्ने उनको भनाई छ।

राष्ट्र बैंकले पछिल्लो आर्थिक गतिविधिको अवस्थालाई हेरेर असोजसम्ममा उठाएको ब्याज पनि गत आर्थिक वर्षमा गणना गर्न पाइने व्यवस्था गरेको छ। यस अनुसार, उक्त अवधिसम्म उठेको ब्याज यस वर्षको आम्दानीमा नदेखिएर अघिल्लो वर्षको रिपोर्टमा देखाउन पाइन्छ। योभन्दा पहिले असारसम्म उठाएको ब्याज असारसम्मको रिपोर्टमा नै देखिन्थ्यो। साउन भदौँको यो नयाँ क्वार्टरमा आउँथ्यो। तर, असारसम्मकै ब्याज राम्रो नउठेको हुनाले अहिले राष्ट्र बैंकले असोजसम्म उठाएको ब्याज पनि अघिल्लो आर्थिक वर्षमा देखाउन पाउने भनेर नियम बनाएको छ।

यसै सन्दर्भमा दाहाल भन्छन्, ‘अघिल्लो वर्षहरुमा असारमै रिकभर हुन्थ्यो साउनमा उठाउन पर्दैनथ्यो। तर, त्यो कारणले त्यति धेरै फरक त पर्दैन। यदि कसै कसैको असारमा नउठेर साउनमा उठ्यो अनि साउनमा उठेको चाहिँ यो क्वार्टरमा देखाउनुभयो भने असर गर्ने भयो नत्र त्यस्तो खासै ठूलो असर पर्छ जस्तो मलाई लाग्दैन।’ 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।