शेयर बजारका लगानीकर्ताले हेर्नुपर्ने चलचित्र

Oct 26, 2020 03:27 PM Merolagani

काेराेना संक्रमण नियन्त्रण गर्नका लागि सरकारले जहाँ छाैँ त्यहीँ बसेर दशैँ मनाउन अाग्रह गरेकाे छ। यस्ताे फुर्सदकाे समयमा के गर्नेभन्ने धेरैलाइ लाग्न सक्छ। 

यस्तो समयमा मानिसहरुले चलचित्र हेर्ने, किताब पढ्ने, परिवारसँग समय बिताउने जस्ता कार्यहरु गर्न सक्छन्। मानिसको रुचि र व्यवसाय अनुसार चलचित्र र किताबको छनोट अलग हुन्छ। यही विषयलाई आधार बनाएर मेरोलगानीले शेयरबजारमा लगानी गर्ने लगानीकर्ताहरुले हेर्नुपर्ने केही चलचित्रहरु यहाँ प्रस्तुत गरेको छ।

१) वालस्ट्रीटः सन् १९८७ मा बनेको यस चलचित्र शेयर लगानीकर्ताहरुले हेर्नुपर्ने चलचित्रमध्येको एक हो। ओलिभर स्टोनले निर्देशन गरेको यस चलचित्र गोर्डोन गेक्को नामक धनी तथा धुर्त व्यापारी र बड फक्स नामक जुनियर स्टकब्रोकर बिच केन्द्रित छ। दुबै पात्रहरुको उन्नती र दुगर्तीको कथा यस चलचित्रमा उतारिएको छ। यसको अर्को सिक्वेल पनि छ।

२) ग्लेग्यारी ग्लेन रोजः रियल स्टेट व्यापारीहरु बिचको रोचक प्रतिस्पर्धा यस चलचित्रमा देख्न सकिन्छ। अल पसिनो, ज्याक लेम्मन लगायतका कलाकारहरु अभिनित यस चलचित्रलाई जेम्स फोलेले निर्देशन गरेका थिए। यो चलचित्र सन् १९९२ मा प्रदर्शनमा आएको थियो।

३) रग ट्रेडरः यो चलचित्र बारिङ्ग बैंकका स्टार डेरिभेटिभ व्यापारी निक लिसनको जीवनसँग आधारित छ। एक नराम्रो व्यवसायलाई कभर गर्न लेसनले गरेको शृंखलाबद्ध सम्झौताहरुका कारण विश्वको दोस्रो सबैभन्दा पुरानो मर्चेन्ट बैंक, बारिङ्गले १.३ विलियन मूल्य चुकाउनु पर्यो। यसैको सेरोफेरोमा यो चलचित्र घुमेको छ।

४) गफ्लाः सन् २००६ मा रिलिज भएको यो चलचित्र सुबोध मेहेता नामक पात्रको वरिपरि घुमेको छ। यो चलचित्र हरशद मेहेता, जो सन् १९९० मा बिग बुल अफ दलाल स्ट्रीट उपनामले चिनिन्छन्, को जीवनीसँग मिल्दोजुल्दो छ। मेहेता सन् १९९२मा भएको ४ हजार २५ करोड रुपैयाँ बराबरको सेक्यूरिटि स्क्यामका प्रमुख पात्र हुन्।

५) इन्साइड जबः यो एक वृत्तचित्र हो। यसमा कसरी नीति तथा खराब बैंकिङ्ग प्रयोगका कारण वित्तीय अभाव सिर्जना भयो भन्ने विषयलाई समेतिएको छ। चाल्र्स फर्गुसनले निर्देशन गरेको यस वृत्तचित्रले सन् २०१०मा एकेडेमि अवार्ड फर बेष्ट डक्यूमेन्टरी फिचर उपाधि जितेको थियो।

६) टु बिग टु फलः सन् २०११ मा एचबिओमा पहिलोपटक प्रसारण भएको यस चलचित्र लेम्यान दाजुभाइहरुसँग सम्बन्धित छ। यसको कथा लेम्यान दाजुभाइहरुको उदय र अवसानसँग सम्बन्धित छ।

७) मार्जिन कलः सन् २००८ को आर्थिक मन्दीको सुरुवाटमा वाल स्ट्रीटका इन्भेष्टमेन्ट बैंकहरुको ३६ घण्टाको कथालाई यस चलचित्रमा समेटिएको छ। यस चलचित्रले डुब्दै गरेका बैंकका कर्मचारीहरुले सो पतनलाई रोक्न गरेको व्यर्थ प्रयासलाई देखाएको छ।

८) द वुल्फ अफ वाल स्ट्रीटः लियोनाडो डिक्याप्रियो अभिनित यस चलचित्र सन् २०१३ को सुपरहिट चलचित्रमध्येको एक हो। यस चलचित्रले बेलफर्ट कसरी एक सामान्य ब्रोकरबाट वाल स्ट्रीटको प्रख्यात नाम बन्न पुग्यो भन्ने चित्रण गरेको छ।

९) बाजारः सन् २०१८ मा रिलिज भएको यस चलचित्रमा इन्साइडर ट्रेडिङ्ग, संस्थागत भ्रष्टाचार लगायतका विषयलाई समेटिएको छ। सैफ अलि खान अभिनीत यस चलचित्र पनि शेयर बजारका लगानीकर्ताले हेर्नुपर्ने एक चलचित्र हो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।