मेसटेक्स प्राइभेट लिमिटेडको थालनी

Oct 23, 2020 03:28 PM Merolagani



मेसटेक्स प्राइभेट लिमिटेड नामक आईटि कम्पनीको थालनी भएको छ । सुचना प्रविधिको क्षेत्रमा फड्को मार्ने लक्ष्यकासाथ नेपाली युवाहरुद्वारा उक्त कम्पनीको सुरुवात गरिएको हो ।

 

सुचना प्रविधिको क्षेत्रमा विभिन्न सफ्टवेयर तथा मोबाइल एप निर्माण गर्ने यस कम्पनीले नेपाली इकमर्स प्लाटफर्म, खाना डेलिभरीकालागि एप, नेपटक नेपाली टिकटक, मेसेन्जर एप, सोसल मिडिया फेसबुक जस्तै नेपाली एप, अपरेटिंग सफ्टवेयर तथा एपहरुको विकाश गर्ने भएको छ । यस प्लाटफर्मको नाम डिलगर्नु डट कम हो ।

डिल गर्नु डट कमले उपलब्ध गराउने विभिन्न सेवाहरु मध्ये,अनलाइन सपिङ्ग तथा डेलिभरी सुविधा,सन्तोष जनक ग्राहक सेवा,राम्रो गुणस्तरको सामान तथा सुविधा,ग्राहकले आफुले चाहेको सामान सजिलै खोज्न र प्राप्त गर्न सक्ने प्राबधान साथै अनलाइनमा नभेटेको सामान, बजार बाट खोजेर भएपनि उपलब्ध गराउन सकिने प्राबधानका साथै ग्राहकले उत्तम मूल्य मा सामान खरिद गर्न सक्ने प्राबधान रहेको छ ।

यसको साथ साथै सत प्रतिशत नेपाली कामदारलाई रोजगारी दिने तथा बिक्रिबाट हुन गएको नाफाबाट ५ प्रतिशत रकम सामाजिक कार्यमा योगदान दिने कम्पनीको लक्ष्य रहेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।