२४ घण्टामा: २ हजार ८ सय ५६ नयाँ संक्रमित थपिए,काठमाण्डाै उपत्यकामा १ हजार ५ सय ३५

Oct 25, 2020 06:06 PM merolagani



गत २४ घण्टामा थप २ हजार ८ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तर चाैबिस घण्टामा  कोरोना भाइरस संक्रमण निको भई ३ हजार तीन ३६ जना डिस्चार्ज भएका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार सात सय ८९ जना पुरुष र १ हजार ६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

काठमाण्डाै उपत्यकामा २४ घण्टामा १ हजार ५ सय ३५ जना संक्रमित थपिएका छन् ।

 

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ भने निको हुनेको कुल संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।

२४ घण्टायता नेपालमा थप ५ कोरोना संक्रमितको मृत्यु भएकाे छ । याे सँगै मृतकको संख्या ८४७ पुगेकाे छ ।

 

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।