२४ घण्टामा: २ हजार ८ सय ५६ नयाँ संक्रमित थपिए,काठमाण्डाै उपत्यकामा १ हजार ५ सय ३५

Oct 25, 2020 06:06 PM merolagani



गत २४ घण्टामा थप २ हजार ८ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तर चाैबिस घण्टामा  कोरोना भाइरस संक्रमण निको भई ३ हजार तीन ३६ जना डिस्चार्ज भएका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार सात सय ८९ जना पुरुष र १ हजार ६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

काठमाण्डाै उपत्यकामा २४ घण्टामा १ हजार ५ सय ३५ जना संक्रमित थपिएका छन् ।

 

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ भने निको हुनेको कुल संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।

२४ घण्टायता नेपालमा थप ५ कोरोना संक्रमितको मृत्यु भएकाे छ । याे सँगै मृतकको संख्या ८४७ पुगेकाे छ ।

 

 




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।