अमेरिकी चुनाव २०२०ः ती एशियाली जो ट्रम्पको विजय चाहन्छन्

Nov 02, 2020 09:17 PM Merolagani

डोनाल्ड ट्रम्प एक मात्र अमेरिकी राष्ट्रपति होइनन्, जसले अन्तर्राष्ट्रिय समर्थन प्राप्त गरेका छन् । 

‘अमेरिका फर्स्ट’ नीतिका रुपमा एक खुल्ला राष्ट्रवादी पुर्सुङले आधा विश्वको अपमान गरेका छन् । उनले यूरोपको नेतालाई कमजोर बताउँदै मेक्सिकनलाई बलात्कारी बताए र यहाँसम्म कि पूरै अफ्रिकी महादेशलाई पनि खारेज गरिदिए ।

तर दक्षिण–पूर्व एशियामा केहीका लागि, चीनसँगको एउटा साझा शत्रुको हैसियतमा उनीहरु अझै पनि तिनीको पछाडि आफ्नो समर्थन जुटाउनका लागि तयार छन् भन्ने हुन्छ ।

हङकङः केबल ट्रम्पले मात्र कम्यूनिष्ट पार्टीलाई प्रहार गर्न सक्छन्
लोकतन्त्र समर्थकहरुको चीन विरोधी आन्दोलन चर्कदा हङकङले बेइजिङले गरेको कडा अव्यवस्थाको सामना गर्न पुग्यो । यस बीच चीनले हङकङमा उसको विरोधमा देख्ने वा बेइजिङको नियमलाई कमजोर पार्ने हरेकलाई सजाय दिन नयाँ सुरक्षा कानुन लागू गर्याे ।

'जब डोनाल्ड ट्रम्प ४ वर्ष पहिले निर्वाचित भए, तब मलाई लाग्यो कि, अमेरिका पागल भयो, ' एरिका यूएन भन्छिन्, 'म सधैँ डेमोक्रेट्सको समर्थक रहनेछुँ । यद्यपी अब हङकङका कयौँ प्रदर्शनकारीसँगै म पनि ट्रम्पको समर्थन गर्छु ।'

एक्टिभिस्ट तथा व्यवसायी महिला एरिकाका अनुसार, हङकङका लागि अमेरिकी राष्ट्रपतिका रुपमा ट्रम्पलाई प्राप्त गर्नु रहेको छ, जसले चिनीयाँ कम्यूनिष्ट पार्टी (सीसीपी) लाई टक्कर दिनेछ । हङकङका प्रदर्शनकारीहरुको यहीँ एउटा अपेक्षा रहेको छ ।

ट्रम्पका प्रतिद्धन्द्धी जो बिडेनले पनि हङकङका विराेध गरेको कार्यका लागि चीनलाई दण्डित गर्ने वचन दिएका छन् र मुख्य रुपमा चीनका नेता शी जिनपिङलाई ‘ठग’ का रुपमा संज्ञा दिएका छन् ।

तर यूएनका लागि, हालको प्रशासन सीसीपीले विश्वलाई हानी गर्छ भन्ने कुरा आफ्नो मनमा राख्ने पहिलो व्यक्ति हो भन्ने कुराले के फरक पार्छ र ।

ओबामा र क्लिन्टन प्रशासनलाई यसको महसुस किन भएन मलाई थाहा छैन । उनीहरु सोझासाझा थिए र उनीहरुलाई लागेको थियो कि, सीसीपीले लोकतान्त्रिक मार्ग रोजेर एउटा आधुनिक समाज बन्नेछ । तर यो प्रमाणित हुन सकेन ।

उनी वाशिंगटन र बेइजिङका बीचको संघर्षको कुनै पनि परिणामबाट हङकङ असुरक्षित छ भन्ने कुराका बारेमा जानकार छिन् ।

उनी भन्छिन्, तपाईले हङकङलाई नोक्सान पुर्याए बिना सीसीपीलाई नोक्सान पुर्याउन सक्नुहुन्न । तर हामी कुनै पनि अल्पकालीन पीडाका लागि तयार छौँ । हामी बलिदान गर्नका लागि तयार छौँ ।

ताइवानः एउटा ठूलो दाई जसमा हामी भर पर्न सक्छौँ
चीन र ताइवानका बीच तनावको अवस्था बढिरहेको छ । यि दुई देश सन् १९४० को दशकमा एउटा गृहयुद्धका क्रममा विभाजित भएका थिए । तर बेइजिङले भनेको छ कि, यदि आवश्यक परेमा बलको प्रयोगद्धारा ताइवानलाई केही बिन्दुमा पुनःनिर्मित गरिनेछ । वाशिंगटनका अनुसार, तिनीहरुको लामो विच्घछेदको कुनै पनि समाधान शान्तिपूर्वक गर्न जरुरी छ ।

व्यापार शुल्क र प्रतिबन्धले पनि ताइवानमा केहीलाई प्रभावित पारेको छ ।

ई–कमर्शमा काम गर्ने भिक्टोर लिनले ताइवानबाट भने, 'डोनाल्ड ट्रम्पको व्यवहार हाम्रो लागि राम्रो छ र यस्तो सहयोगी हुनु राम्रो हो । यसले हामीलाई विदेशी मामलाका विषयमा अधिक मात्रामा आत्मविश्वास दिन्छ । हाम्रा लागि उनी एउटा ठूलो दाई (संरक्षककर्ता) हुन्, जसमाथि हामीले सहजै विश्वास गर्न सक्छौँ ।'

ट्रम्पले निश्चित रुपमा ताइवानतर्फ आफ्नो विस्तार बढाइसकेका छन् । केही महिना पहिले मात्र दुई देशका सरकारले द्धिपक्षीय व्यापार सम्झौतालाई अन्तिम रुप दिने दिशामा कदम उठाएका छन् ।

अमेरिकासँगको यस प्रकारको व्यापार सम्झौताले ताइवानलाई चीनमाथिको परिनिर्भरताबाट मुक्ति प्रदान गर्दछ । लिन भन्छन्, 'सम्भवतः ताइवानका ठूला कम्पनीहरुलाई अमेरिकामा कारखाना स्थापित गर्नका लागि सक्रिय रुपमा आमन्त्रित गर्दछ ।'

उनलाई चिन्ता छ कि, बिडेनले बेइजिङको क्रोधका सामुन्ने ‘यस्तो उत्तेजक’ कदम उठाउन नसक्लान । बिडेन सुरुवातदेखि नै चीनका साथ संलग्न एक चिनीयाँ समर्थक मानिन्छन् । यद्यपी हालै उनले आफ्नो स्वरुपमा परिवर्तन गरेका छन् ।

ताइवानलाई सैन्य रुपमा समर्थन गर्नका लागि ट्रम्पले गरेका कामहरुले पनि त्यहाँ उनका लागि समर्थन बढाएको हो । हालैमा भएको एक सर्वेक्षण अनुसार, ताइवान मात्र एउटा यस्तो देश हो, जो ट्रम्पको एउटा अर्काे ४ वर्षे कार्यकाल चाहन्छ ।

भियतनामः लापरबाहीको हदसम्म बहादुर
वाशिंगटन र बेइजिङ दुवै देशले पछिल्लो ५० वर्षमा भियतनामको भूमीमा युद्ध लडे, जबकि अमेरिकालाई माफी दिइएको छ तर दक्षिण पूर्वी एशियाली देश भियतनाम चीनको खतराबाट भयभीत अवस्थामा छ ।

भियतनामका पत्रकार र भ्लगर लिन गुएनका अनुसार, ट्रम्पका समर्थकहरु दुइ समूहमा विभाजित भएका छन् ।

केही मानिसहरु उनलाई केबल मनोरञ्जन र ग्ल्यामरका लागि मन पराउँछन् भने कोही उनका डाईहार्ड सपोर्टरहरु पनि रहेका छन्, जसले अमेरिकी राजनीतिको अनुसरण गर्छन् किनकि उनीहरु ट्रम्पमाथि विश्वास गर्छन् । हङकङ र ताइवानमा जस्तो उनी चीनमा र भियतनाममा कम्यूनिष्ट सरकारका विरुद्ध एक मात्र पर्खाल हुन् ।

न त ट्रम्प न बिडेनले भियतनाम बारे आफ्ना रणनीति सार्वजनिक गरेका छन् । खासगरी ट्रम्पले पहिला नै स्पष्ट पारिसकेका छन् कि, उनी अरु देशको कलहमा हस्तक्षेप गर्न हतारिने छैनन् ।

जापानः यो हाम्रो राष्ट्रिय सुरक्षासँग सम्बन्धित छ
जापानले लामो समयदेखि अमेरिकालाई एउटा मूल्यवान साझेदार र सहयोगी मान्दै आइरहेको छ। तर जब ट्रम्प राष्ट्रपति पदका लागि छानिए तब कयौँ मानिसहरु सम्बन्धमाथि अमेरिका–फस्र्ट नीतिको प्रभावबाट डराए । यद्यपी उनले पदभार ग्रहण गरेपछि तुरुन्तै एउटा बहुपक्षीय ट्रान्स–प्यासिफिक व्यापार सम्झौता गरे र जोड दिएर भने कि, जापानलाई त्यहाँ तैनाथ अमेरिकी सैनिकहरुको समर्थनका लागि अधिक रकम भुक्तान गर्नुपर्ने हुन्छ ।

'डोनाल्ड ट्रम्प हाम्रा सहयोगी मित्र हुन् । जापानका लागि उनलाई समर्थन गर्नुको सबैभन्दा ठूलो कारण भनेको राष्ट्रिय सुरक्षा हो, ' एक यूटुबर योको इशीले भनिन् ।

उनी जापानी हवाई क्षेत्र र पानीमा चिनीयाँ सैन्य विमान र जहाजको लगातारको घुसपेठतर्फ इशारा गर्छिन्। विवादित सेनकाकू द्धीप समूहको आसपास यि केन्द्रमध्ये अधिकांश टोकियो र बेइजिङ दुवैद्धारा दावी गरिदैँ आएको छ, जसलाई डियाओयू द्धीप समूह पनि भनिन्छ ।

'हामी वास्तवमा अमेरिकासँग एउटा नेता चाहन्छौँ, जसले चीनसँग आक्रामक रुपमा लड्न सकोस्,' उनी भन्छिन्, 'मलाई लाग्दैन कि कोही पनि यस्तो हुनसक्छ कि, जो बाहिरी भएर पनि यस्तो बलियो उपस्थिति होस्, त्यो वास्तवमा डो्नाल्ड ट्रम्प नै हुनुपर्छ ।'

इशी जापानलाई अन्य एशियाली देश र क्षेत्रका साथ एक अर्ध–गठबन्धनका रुपमा देख्छिन्, जसले बेइजिङका विरुद्ध समर्थनका लागि अमेरिकालाई नै देख्छ ।

तर ट्रम्प ह्वाइट हाउसमा कायम रहिरहने उनको उत्साही समर्थनका बाबजुद, उनका जस्ता भोकल सपोर्टर जापानमा अल्पमतमा रहेका छन्। सामान्य रुपमा अमेरिकामाथि एउटा सकारात्मक दृष्टिकोण बहुमतद्धारा पारित गरिन्छ । तर केबल एक चौथाई जापानी मात्र राष्ट्रपति ट्रम्पमाथि विश्वास गर्छन् । बीबीसी 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।