गुराँस लघुवित्तले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने

Nov 08, 2020 11:04 AM Merolagani

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

कात्तिक २१ गते दिनको ४ः३० बजे बसेको सञ्चालक समितिको ९० औँ बैठकले सो निर्णय गरेको हो। सो बैठकले गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित सम्पूर्ण अनुसूचीहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेश गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।