पछिल्लो २४ घण्टामा देशभर १९१३ जना कोरोना संक्रमित थपिए, १५ जनाले ज्यान गुमाए

Nov 12, 2020 05:15 PM Merolagani



पछिल्लो २४ घण्टामा देशभर एक हजार ९१३ जना कोरोना संक्रमित थपिएका छन् । योँसगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख चार हजार २४२ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका ९७३ जना छन् । तीमध्ये ४२८ जना महिला र ५४५ जना पुरुषहरु हुन् ।

बिहीबार कोभिड १९ संक्रमणका कारण १५ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा संक्रमणका कारण एक हजार १८९ जनाले ज्यान गुमाइसकेका छन् ।

यसैगरी गत एक दिनमा कोरोना मुक्त भएर डिस्चार्ज हुने दुई हजार ३४९ जना छन् । अहिलेसम्म कोरोना निको हुनेको कुल संख्या एक लाख ६४ हजार ५९२ रहेको छ । हाल क्वारेन्टिनमा रहनेको संख्या ९७४ जना रहेका छन् ।

गत २४ घण्टामा १० हजार २२ पीसीआर परीक्षण भएको छ भने आजसम्म कुल १५ लाख ८४ हजार ३१७ परीक्षण भइसकेको छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।