विद्युत विक्रीको आम्दानी घटेसँगै युनाइटेड मोदीको नाफामा गिरावट

Nov 15, 2020 04:30 PM Merolagani



युनाइटेड मोदी हाइड्रोपावर (UMHL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । हाइड्रोपावरको यो नाफा गत आवको तुलनामा एक करोड ६२ लाख रुपैयाँ अर्थात् ३१.१७ प्रतिशतले कम हो । 

गत आवको सोही अवधिमा हाइड्रोपावरले ५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

विद्युत विक्रीको आम्दानी घटेकाले हाइड्रोपावरको नाफामा गिरावट देखिएको हो ।

यस अवधिमा हाइड्रोपावरले विद्युत विक्री मार्फत् ८ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गत आवको तुलनामा १४.५२ प्रतिशतले कम हो ।

चुक्ता पूँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको हाइड्रोपावरको जगेडा कोषमा १० करोड ५४ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिशेयर आम्दानी ३ रुपैयाँ १२ पैसा रहेको हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५२ पैसा छ । 




एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।