अमेरिकामा केबल ६ दिनमा थपिए १० लाख कोरोना संक्रमित

Nov 17, 2020 04:09 PM Merolagani

विश्वमा कोरोना संक्रमितहरुको संख्या साढे ५ करोड पार भइसकेको छ। ३ करोड ८० लाख भन्दा धेरै मानिसहरु ठीक भइसकेका छन् । अमेरिकामा हरेक दिन एक लाख भन्दा धेरै संक्रमितहरु थपिइरहेका छन् । 

यसैबीच अमेरिकी राष्ट्रपति पदमा चुनिएका जो बाइडेनले मोर्डना कम्पनीको भ्याक्सिनको दाबीमाथि खुशी व्यक्त गरेका छन्। साथै देशमा कोरोनाबाट अझैँ अधिक मानिसहरुको मृत्यु हुनसक्ने बताएका छन् ।

अमेरिकामा संक्रमितको तथ्यांक अनुसार, आइतबारसम्म कोरोना संक्रमतिको संख्या एक करोड १० लाख भन्दा अधिक भएको छ । करिब ६ दिनमा नै कोरोना संक्रमितको संख्या १० लाख पुगेको हो । जबकि पहिले १० लाख मामला एकसय दिनमा देखिएको थियो । यसैगरी अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या पनि तीव्र रुपमा बढिरहेको छ ।

जोन बाइडेनले अमेरिकामा कोरोनाबाट मर्ने मानिसहरुको संख्या बढ्न सक्ने बताएका छन् । एक रिपोर्टका अनुसार, बाइडेन र ट्रम्पका बीच चुनाव समाप्त हुनका बाबजुद यस मुद्दामा मतभेद जारी रहेको छ । एजेन्सीको सहयोगमा 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।