मंगलबार थप ५२० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा कति?

Nov 17, 2020 05:29 PM Merolagani



मंगलबार देशभरमा ५२० कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमित हुनेको कुल संख्या दुई लाख ११ हजार ४७५ पुगेको छ । जसमध्ये सक्रिय संक्रमण हुनेहरू ३० हजार ९८६ रहेका छन् ।

आज थपिएका संक्रमितमध्ये ३३९ जना काठमाडौं उपत्यकाका रहेका छन् । १४६ जना महिला र १९६ जना पुरूषहरू गरि सो संख्या पुगेको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणबाट थप १७ जनाको निधन भएको छ । यसरी देशभरमा हालसम्म एक हजार २४७ जनाले ज्यान गुमाइसकेका छन् ।

गत २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या दुई हजार ८७८ रहेको छ । अहिलेसम्म कुल एक लाख ७९ हजार २४२ जनाले कोरोना जितिसकेका छन् ।

एक दिनमा तीन हजार ११२ पीसीआर परीक्षण भएको छ भने कुल १६ लाख १७ हजार २३ परीक्षण भइसकेको छ । हाल क्वारेन्टिनमा एक हजार ६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटमा उल्लेख छ ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।