मंगलबार थप ५२० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा कति?

Nov 17, 2020 05:29 PM Merolagani



मंगलबार देशभरमा ५२० कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमित हुनेको कुल संख्या दुई लाख ११ हजार ४७५ पुगेको छ । जसमध्ये सक्रिय संक्रमण हुनेहरू ३० हजार ९८६ रहेका छन् ।

आज थपिएका संक्रमितमध्ये ३३९ जना काठमाडौं उपत्यकाका रहेका छन् । १४६ जना महिला र १९६ जना पुरूषहरू गरि सो संख्या पुगेको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणबाट थप १७ जनाको निधन भएको छ । यसरी देशभरमा हालसम्म एक हजार २४७ जनाले ज्यान गुमाइसकेका छन् ।

गत २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या दुई हजार ८७८ रहेको छ । अहिलेसम्म कुल एक लाख ७९ हजार २४२ जनाले कोरोना जितिसकेका छन् ।

एक दिनमा तीन हजार ११२ पीसीआर परीक्षण भएको छ भने कुल १६ लाख १७ हजार २३ परीक्षण भइसकेको छ । हाल क्वारेन्टिनमा एक हजार ६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटमा उल्लेख छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।