इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारणसभाद्धारा ८ अर्बको शेयर निष्काशन गर्ने प्रस्ताव पारित

Nov 18, 2020 06:41 PM merolagani



नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारणसभाले ८ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको आज (बुधबार) सम्पन्न दोस्रो वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

उक्त प्रस्ताव पारित भएसँगै आइपिओ निष्कासन गर्न बाटो खुलेको हो । यो आर्थिक वर्षभित्र नेपालकै एकमात्र पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अहिलेसम्मकै ठूलो रकम बराबरको आइपिओ आउने निश्चित भएको हो ।


मुलुकभित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका आयोजनामा लगानी गर्ने उद्देश्य लिएर स्थापना भएको यस बैंकले अहिलेसम्म ८ अर्ब ८५ करोड बराबरको कर्जा लगानी गरेको छ ।

सभाले आर्थिक बर्ष २०७६÷७७ कोे सञ्चालक समितिको प्रतिवेदन र उक्त अवधिको वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।