फाइजरको कोरोना भ्याक्सिन अन्तिम परीक्षणमा ९५ प्रतिशत प्रभावकारी, यसै वर्ष ५ करोड डोज बनाउने तयारी

Nov 19, 2020 11:15 AM Merolagani



अमेरिकी फार्म कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकको संयुक्त प्रयासमा बनेको कोरोना भ्याक्सिन तेस्रो चरणकमो ट्रायलमा ९५ प्रतिशत प्रभावकारी प्रमाणित भएको छ । कम्पनीका अनुसार, भ्याक्सिन वृद्ध मानिसहरुमा पनि प्रभावकारी रह्यो ।  

उक्त भ्याक्सिनबाट कुनै पनि प्रकारको सिरियस साइड इफेक्ट नरहेको बताइएको छ। योसँगै फाइजर यसै वर्ष ५ करोड डोज बनाउने तयारीमा रहेको छ ।

फाइजरले स्वयमसेवकहरुलाई भ्याक्सिनको पहिलो डोज दिइएको २८ दिनपछि त्यसलाई कारोनाबाट बचाउनमा ९५ प्रतिशत प्रभावकारी पाइयो । कम्पनीका अनुसार, यस सफलताका साथै त्यहाँ यूएस फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (यूएसएफडीए) का तर्फबाट इमरजेन्सी स्वीकृती हासिल गर्न सक्नेछ ।

फाइजरको तेस्रो चरणको ट्रायल २७ जुलाईबाट सुरु भएको थियो । यसमा ४३ हजार ६६१ जना मानिसहरु शामिल रहेका थिए । एजेन्सीको सहयोगमा 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।