सगरमाथा इन्स्योरेन्सको खुद नाफा १०.९२ प्रतिशत बढ्यो

Nov 19, 2020 12:04 PM Merolagani



सगरमाथा इन्स्योरेन्स (SIC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १०.९२ प्रतिशत अर्थात ५४ लाख ७७ हजार रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क पनि १०.२२ प्रतिशत अर्थात ३ करोड ३२ लाख रुपैयाँले बढेर ३५ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३२ करोड ४९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै, कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन आयबाट ७ करोड १६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट १ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब १२ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ५५ करोड २० लाख रुपैयाँ, बीमा कोषमा ६५ करोड ९२ लाख रुपैयाँ र महाविपत्ती कोषमा १३ करोड ४७ लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ २३ पैसा, प्रतिशेयर नेटवर्थ २३४ रुपैयाँ ४४ पैसा रहेको छ । त्यसैगरी, इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४०.३५ गुणा कायम भएको छ ।

सो अवधिसम्ममा इन्स्योरेन्सले ५० हजार ८२४ वटा बीमालेख जारी गरी ७३ करोड ६१ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी, यस अवधिमा इन्स्योरेन्सले १ हजार ३१८ वटा दाबी बापत २१ करोड ४० लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४ हजार १३३ दाबी बापतको ९२ करोड ५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।