नेको इन्स्योरेन्सको खुद नाफा ६५ प्रतिशतले बढ्यो, बीमाशुल्कमा पनि सुधार

Nov 19, 2020 12:17 PM Merolagani



नेको इन्स्योरेन्स (NIL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६५.२१ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ७ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै इन्स्योरेन्सको खुद बीमाशुल्क पनि ३०.६३ प्रतिशतले बढेर ४३ करोड २८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ३३ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ५ करोड ५५ लाख, लगानी कर्जा तथा अन्यबाट २ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५८ करोड ४ लाख, बीमा कोषमा ८९ करोड ३९ लाख र महाविपत्ती कोषमा ८ करोड ५५ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ७९ पैसा, प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात २०.९३ गुणा रहेको छ ।

यस अवधिसम्ममा कम्पनीले ७८ हजार ४२ वटा बीमालेख जारी गरी ८६ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, कम्पनीले १ हजार ५६६ वटा दाबी बापत २० करोड ३९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ४६९ वटा दाबी बापत ६६ करोड ६६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।