गुराँस लाइफको साधारण सभाबाट ६ जना संचालक निर्वचित, अध्यक्षमा विवेक दुगड चयन

Nov 19, 2020 03:32 PM Merolagani



गुराँस लाइफ इन्स्योरेन्स (GLICL) को १० औं वार्षिक साधारण सभाले ६ जना संचालक चयन गरेको छ । बिहिबार सम्पन्न साधारण सभाले संस्थापक शेयरधनीबाट ५ र सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना गरी ६ जना संचालक चयन भएका हुन् ।

साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट विवेक दुगड, सौरभ दुगड, अपछ कुमार यादव, शम्भु प्रसाद सुबेदी, विनय कुमार तोडी र सर्व साधारण शेयरधनीबाट विशाल तातेड निर्वचित भएका हुन् ।

यस्तै आजै बसेको संचालक समितिको बैठकले विवेक दुगडलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

नव निर्वाचित संचालकहरुको कार्यकाल ४ वर्षको लागि हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १०.५० प्रतिशत अर्थात शतप्रतिशत हकप्रद निष्काशन पश्चात नेप्सेमा सूचीकरण भई वृद्धि भएको चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव  पनि पारित गरेकाे छ । 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।