गत २४ घण्टामा २१०३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १२२९ जना

Nov 19, 2020 06:20 PM Merolagani



गत २४ घण्टामा दुई हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख १५ हजार २० पुगेको छ । जसमध्ये सक्रिय संक्रमण हुनेहरु २८ हजार १०६ जना छन् ।

बिहीबार कोभिड १९का कारण १७ जनाको मृत्यु भएको छ । हालसम्म देशभरमा ज्यान गुमाउनेको कुल संख्या एक हजार २७६ रहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका एक हजार २२९ जना रहेका छन् । ५१३ जना महिला र ७१६ जना पुरुषहरु गरि सो संख्या पुगेको हो ।

यसैगरी गत २४ घण्टामा कोरोना निको हुने दुई हजार ८५८ जना रहेका छन् भने अहिलेसम्म कुल एक लाख ८५ हजार ६३८ जनाले कोरोना जितिसकेका छन् । हाल क्वारेनिटनमा ७६७ जना छन् ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।