गत २४ घण्टामा २१०३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १२२९ जना

Nov 19, 2020 06:20 PM Merolagani



गत २४ घण्टामा दुई हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख १५ हजार २० पुगेको छ । जसमध्ये सक्रिय संक्रमण हुनेहरु २८ हजार १०६ जना छन् ।

बिहीबार कोभिड १९का कारण १७ जनाको मृत्यु भएको छ । हालसम्म देशभरमा ज्यान गुमाउनेको कुल संख्या एक हजार २७६ रहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका एक हजार २२९ जना रहेका छन् । ५१३ जना महिला र ७१६ जना पुरुषहरु गरि सो संख्या पुगेको हो ।

यसैगरी गत २४ घण्टामा कोरोना निको हुने दुई हजार ८५८ जना रहेका छन् भने अहिलेसम्म कुल एक लाख ८५ हजार ६३८ जनाले कोरोना जितिसकेका छन् । हाल क्वारेनिटनमा ७६७ जना छन् ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।