विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनीमाथि कारबाही, एप्पल कम्पनीमाथि ११ करोड ३० लाख डलर जरिवाना

Nov 20, 2020 10:45 AM Merolagani



विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनी तथा अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलमाथि ११ करोड ३० लाख अमेरिकी डलर जरिवाना लगाइएको छ । 

कम्पनी उक्त जारिवाना तिर्न तयार भएको बताइएको छ । यद्यपी कम्पनीले आफ्नो गल्ती भएको अस्वीकार गर्दै आएको छ ।

एप्पलले पुराना आईफोन स्लो बनाइदिएको आरोप रहेको छ । कम्पनीले सन् २०१६ मा आइफोन सिक्स, सेभेन र एसईमा सफ्टवेयर अपडेट गरेको थियो । यसका कारण ती फोनका चिपको गति सुस्त भएको थियो ।

अपडेट जारी गर्नुभन्दा पहिले कम्पनीले आफ्ना ग्राहकहरुलाई यसबारे जानकारी दिएको थिएन । प्रयोगकर्ताहरूलाई नयाँ आईफोन किन्न बाध्य पार्न कम्पनीले पुराना आइफोन सुस्त बनाइदिएको दाबी अमेरिकाका ३३ राज्यले गरेका थिए । एजेन्सी 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।