विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनीमाथि कारबाही, एप्पल कम्पनीमाथि ११ करोड ३० लाख डलर जरिवाना

Nov 20, 2020 10:45 AM Merolagani



विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनी तथा अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलमाथि ११ करोड ३० लाख अमेरिकी डलर जरिवाना लगाइएको छ । 

कम्पनी उक्त जारिवाना तिर्न तयार भएको बताइएको छ । यद्यपी कम्पनीले आफ्नो गल्ती भएको अस्वीकार गर्दै आएको छ ।

एप्पलले पुराना आईफोन स्लो बनाइदिएको आरोप रहेको छ । कम्पनीले सन् २०१६ मा आइफोन सिक्स, सेभेन र एसईमा सफ्टवेयर अपडेट गरेको थियो । यसका कारण ती फोनका चिपको गति सुस्त भएको थियो ।

अपडेट जारी गर्नुभन्दा पहिले कम्पनीले आफ्ना ग्राहकहरुलाई यसबारे जानकारी दिएको थिएन । प्रयोगकर्ताहरूलाई नयाँ आईफोन किन्न बाध्य पार्न कम्पनीले पुराना आइफोन सुस्त बनाइदिएको दाबी अमेरिकाका ३३ राज्यले गरेका थिए । एजेन्सी 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।