एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

Nov 20, 2020 11:50 AM Merolagani



एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले ११ औं वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले २०७७ पुष ४ गते होटल पुजन, वीरगञ्जमा बिहान १० बजे साधारण सभा बाेलाएको हो ।

साधारण सभाबाट कम्पनीले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७४/७५ वार्षिक प्रतिबेदन पारित गर्ने, वासलात, नाफा नोक्सान हिसाब लगायतको प्रस्ताव पारित गर्दैछ ।

यस्तै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनले निर्धारण गरेको सिमा भन्दा बढी भएको खर्च रकमलाई अनुमोदन गर्ने तयारी समेत गरेको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १९ गते देखि पुस ३ गते सम्म बुक क्लाज गर्ने जनाएको छ । त्यस अनुसार मंसिर १८ गते सम्म कायम शेयरधनी मात्रै साधारण सभामा सहभागि हुन सक्नेछन् ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।