शुक्रबार पनि सुनचाँदीको भाउमा सामान्य गिरावट, तोलाको कति ?

Nov 20, 2020 01:06 PM Merolagani



मंसिर ५ गते, शुक्रबार पनि सुनचाँदीको भाउमा सामान्य गिरावट देखिएको छ । यसदिन सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार पनि सुन तोलामा ७०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि शुक्रबार तोलामा पाँच रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार २१० रुपैयाँमा किनबेच हुँदैछ । बिहीबार भने चाँदी प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोबार भएको थियो ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।