शुक्रबार पनि सुनचाँदीको भाउमा सामान्य गिरावट, तोलाको कति ?

Nov 20, 2020 01:06 PM Merolagani



मंसिर ५ गते, शुक्रबार पनि सुनचाँदीको भाउमा सामान्य गिरावट देखिएको छ । यसदिन सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार पनि सुन तोलामा ७०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि शुक्रबार तोलामा पाँच रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार २१० रुपैयाँमा किनबेच हुँदैछ । बिहीबार भने चाँदी प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोबार भएको थियो ।




मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने

Sep 07, 2026 10:02 AM

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।