प्रुडेन्सियल इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफा दुबैमा सुधार

Nov 20, 2020 02:41 PM Merolagani



प्रुडेन्सियल इन्स्योरेन्स (PICL) को खुद बीमाशुल्क र नाफा दुबै बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद बीमाशुल्कसंगै नाफा पनि सुधार भएको हो ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सको १४ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा यो एक करोड ८४ लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले १२ करोड ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

इन्स्योरेन्सको खुद बीमाशुल्क बढेसंगै नाफा समेत बढेको छ । यस अवधिमा इन्स्योरेन्सको नाफा ९४ लाख ३० हजार रुपैयाँले बढेर ४ करोड ७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ३ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ३ करोड ७२ लाख, लगानी कर्जा तथा अन्य आयबाट १ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब २ करोड ६४ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २२ करोड ५० लाख रुपैयाँ, बीमा कोषमा ५५ करोड ७२ लाख रुपैयाँ र महाविपत्ती कोषमा ५ करोड ५ लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्सले यस अवधिसम्ममा २७ हजार २६८ वटा बीमालेख जारी गरी ३४ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले १ हजार १७८ वटा दाबी बापत १३ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार १२३ वटा दाबी बापत ३० करोड ३१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८६ पैसा, प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ १५ पैसा र मूल्य आम्दानी अनुपात ३२.५३ गुणा छ ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।