यसैगरी शेयर बजारमा यसै हप्ता कारोबार रकमले पनि नयाँ रेकर्ड कायम गर्याे । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा ६ अर्बभन्दा बढीको कारोबार भएर कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको हो । यो नेप्सेमा भएको हालसम्मकै ठूलो कारोबार रकम हो ।
यस हप्ता शेयर बजार कस्तो रह्यो भन्ने विषयमा लगानीकर्ता यज्ञ राज पाण्डे,
यो हप्ता धेरै दिन कारोबार नभएकाले पनि शेयर बजारमा धेरै उतारचढावको स्थिति त रहेन । तर समग्रमा बजारको अवस्था राम्रै रह्यो ।
बैकिङ सेक्टर अलि स्लो भइरहेको छ । ट्रेडिङको, अन्य सेक्टरमा विशेषगरी जसको सप्लाई कम भएका शेयरहरु छन्, त्यो बढिरहेको देखिन्छ ।
सामान्य रुपमा मानिसहरुले थाहा नपाएको शेयर, जस्तै आरबीसीएल अहिले बढिरहेको छ । कतिपय मानिसहरुलाई बीबीसीले कस्तो कमाउँछ, के गर्छ, कहिले प्रतिफल दिन्छ केही थाहा छैन । तर पनि त्यस्तो शेयरहरु बढिरहेका छन् ।
बीएनटीको पनि त्यस्तै छ। एसटीसीको शेयर पनि कुदिरहेको छ। कमाईका हिसाबले २०÷२५ रुपैयाँ कमाउने हो । तर बजार मूल्य धेरै माथि पुर्याइरहेको छ । त्यो चाहिँ कर्नरिङ नै भएको हो कि जस्तो लाग्छ । एचडीएल पनि त्यसरी नै बढिरहेको अवस्थामा छ ।
सेक्टर अनुसार हेर्दा इन्स्योरेन्स सेक्टरमा प्रायः सबैको कमाई राम्रो भइरहेको छ। त्यसले गर्दा इन्स्योरेन्स सेक्टर बुल भइरहेको छ ।
कोरोनाले गर्दा विजनेशहरु घट्छ भन्ने जुन अपेक्षा थियो, त्योभन्दा राम्रै रिपोर्ट आयो । त्यसले गर्दा पनि बजार बढिरहेको छ ।
सीआईटी, एसटीसी, यिनीहरु पनि पहिलेदेखिकै ब्रान्ड भएकाले राम्रो बढिरहेको हो । यसरी हेर्दा यस्ता कम्पनीहरु ब्रान्डको हिसाबले नै माथि जाने जस्तो देखियो ।
यता बैकिङमा सप्लाई पनि धेरै छ । कमाई राम्रै आएपनि २/४ वटा ठूला–ठूला बैंकहरुले कमाई बिगार्नाले गर्दा बैकिङ सेक्टरमा मोमेन्टम आउन नसकेको हो ।
विकास बैंकहरुको पनि पहिला एकपटक त राम्रै मोमेन्टम आएर बढिसकेको हो । त्यहीँ भएर अहिले तत्कालै कुदिहाल्ने त देखिदैन । तर तत्काल हेर्दाखेरी, लगानीको हिसाबले बैंक र डेभलपमेन्ट बैंक नै सुरक्षित छ जस्तो लाग्छ । अहिले नबढेपनि भविष्यमा बढ्ने सम्भावना धेरै भएको क्षेत्र जस्तो लाग्छ ।
फाइनान्सहरु पनि एक समय राम्रै मोमेन्टम ल्याएर अड्किरहेको हो ।
सबै सेक्टर एकैचोटी बढ्ने भन्दा पनि टर्न बाई टर्न गरेर बढिरहेको छ । कहिले हाइड्रो बढिरहेको छ, कहिले इन्स्योरेन्स बढिरहेको छ त कहिले बैंकिङ सेक्टर बढिरहेको छ । त्यसरी पालैपालो बढेको भएर सबै सेक्टरमा विस्तारै राम्रै बढ्छ जस्तो लागिरहेको छ मलाई ।
शेयर बजार बढ्नुमा त्रैमासिक रिपोर्टको पनि प्रभाव देखिन्छ । सबै लगानीकर्ताहरुले सोचेको भन्दा त्रैमासको सबै रिपोर्ट राम्रो पनि आएको हो । २÷४ वटा कम्पनीहरुले प्राभिजनिङ धेरै गरेको भएर अलि कम भएको हो । जति घट्छ भन्ने अनुमान थियो, त्यति घटेको छैन। धेरै नै घट्ला भनेर जुन हिसाबमा मानिसहरु डराइरहेका थिए, तर रिपोर्टलाई हेर्दा त्यस्तो डराउनुपर्ने केही देखिदैन। समग्रमा रिपोर्ट पनि राम्रै आएको छ, जसले गर्दा शेयर बजारमा यसको सकारात्मक प्रभाव देखिएको छ ।
हाइड्रोहरुको पनि सोचेको भन्दा धेरै राम्रो रिपोर्ट आएको छ। इन्स्योरेन्सहरुको पनि राम्रै आएको छ। २/४ वटा बैंकको अलिकति नेगेटिभ आएको भएर मानिसहरुको मनोबल गिरेको हो कि जस्तो लाग्छ।
यसरी हेर्दा आगामी हप्ता शेयर बजारले राम्रै गर्छ जस्तो लाग्छ। चाडपर्वको बेलामा कतियप मानिसहरु बाहिर थिए होला, कोही कहाँ पुगेका थिए होला । यस्तो बेलामा पनि राम्रो भोल्यूममा कारोबार भएको हिसाबले गर्दा आगामी हप्ता पनि बजारले राम्रो मोमेन्टम लिन्छ होला जस्तो लाग्छ।
सेक्टरका आधारमा भन्नुपर्दा, माइक्रोफाइनान्स पनि तल बसेको धेरै दिन भइसक्यो । खासै राम्रो मोमेन्टम आइसकेको छैन । हुन् चाहिँ अप ट्रेन्ड मै छ । जसले गर्दाखेरी अबको समयमा माइक्रोफाइनान्स र बैंकले नै लिड गर्छ कि जस्तो लाग्छ मलाई ।