देशभर थपिए १६७४ जना कोरोना संक्रमित, उपत्यकामा मात्रै ८९९ थपिए

Nov 21, 2020 06:34 PM Merolagani



पछिल्लो २४ घण्टामा थप एक हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आठ हजार १४४ जनामा गरिएको नमूना परीक्षणमा ६६१ महिला र एक हजार १३ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबारको थप संक्रमण संख्यापछि देशभर कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । जसमध्ये एक लाख ९३ हजार ३२५ जनाले कोरोना जितिसकेको मन्त्रालयले जनाएको छ ।

अब देशभर २४ हजार ९ जना संक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंका ६८५ जना, ललितपुरका १६५ र भक्तपुरका ४९ जना छन् ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।