देशभर थपिए १६७४ जना कोरोना संक्रमित, उपत्यकामा मात्रै ८९९ थपिए

Nov 21, 2020 06:34 PM Merolagani



पछिल्लो २४ घण्टामा थप एक हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आठ हजार १४४ जनामा गरिएको नमूना परीक्षणमा ६६१ महिला र एक हजार १३ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबारको थप संक्रमण संख्यापछि देशभर कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । जसमध्ये एक लाख ९३ हजार ३२५ जनाले कोरोना जितिसकेको मन्त्रालयले जनाएको छ ।

अब देशभर २४ हजार ९ जना संक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंका ६८५ जना, ललितपुरका १६५ र भक्तपुरका ४९ जना छन् ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।