बिओके क्यापिटलको पाँचौ वार्षिक साधारण सभा सम्पन्न, ९४ लाख ५० हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव

Nov 21, 2020 06:43 PM Merolagani



बिओके क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सनिबार संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भयाे ।

उक्त साधारण सभाले आब २०७६/७७ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आब २०७६/७७ सम्मको सचिंत मुनाफाबाट चुक्ता पुंजी २१ करोडको ४.५ प्रतिशतका दरले हुने रकम ९४ लाख ५० हजार नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

उक्त साधारण सभाले क्यापिटलले सामुहिक लगानी कोषको कोष व्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको हो ।

 




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।