पछिल्लो २४ घण्टामा १६६९ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या ५६९९

Nov 22, 2020 05:13 PM Merolagani



पछिल्लो २४ घण्टामा थप एक हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ हजार ३२ जनामा गरिएको नमूना परीक्षणमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबारको थप संक्रमण संख्यापछि देशभर कुल संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ । जसमध्ये एक लाख ९९ हजार २४ जनाले कोरोना जितिसकेको मन्त्रालयले जनाएको छ । गत एक दिनमा कोभिड १९ निको हुनेको संख्या पाँच हजार ६९९ रहेको छ ।

अब देशभर १९ हजार ९६३ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा काठमाडौं उपत्यकामा ९५७ संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंका ७३३ जना, ललितपुरका १३१ र भक्तपुरका ५३ जना छन् ।

हाल क्वारेन्टिनमा ६८६ जना छन् भने संस्थागत आइसोलेसनमा ६ हजार ३५१ जना र होम आइसोलेसनमा १३ हजार ६१२ जना रहेका छन् । नेपालमा हालसम्म कुल १६ लाख ६० हजार ७५ पीसीआर परीक्षण भइसकेको छ ।  




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।