पहिलो त्रैमासमा बैंकहरुको बेस रेट र स्प्रेड रेटमा यस्तो देखियो परिवर्तन, ब्याजदरमा कस्तो पर्छ असर?

Nov 23, 2020 01:20 PM Merolagani

रबिन पाैडेल

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको आधार दर र स्प्रेड दर दुबै घट्दो अवस्थामा देखिएका छन्। बैंकहरुको आधार दर ७ प्रतिशतकै हाराहारीमा झरेको छ भने स्प्रेड दर पनि केन्द्रिय बैंकले भनेको भन्दा पनि तल्लो विन्दुमा राखेका छन्।

वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर निकै तल झरिसकेको छ। बैंकहरुले पछिल्लो समय सार्वजानिक गरेको वित्तीय विवरणमा समेत आधार दर अझै घट्दो क्रममा देखिएकाले ब्याजदर अझै घट्ने सम्भावना देखिन्छ।

गत चैतदेखि नै कोरोना भाइरसका कारण लकडाउन र निषेधाज्ञाको समाना गर्दै आइरहेका बैंकहरुले कर्जा लगानी बढाउन विभिन्न योजनाका साथ ब्याजदर समेत घटाउदै आएका छन्। लकडाउन र निषेधाज्ञाले बैंकहरुको कर्जा लगानी ठप्प भएपछि तरलता अधिक मात्रामा थुप्रिएको छ। तरलता बढेपछि बैंकहरुले ब्याजदर घटाएरै कर्जा लगानी बढाउन कोशिस गर्दै आएका थिए।

चैत अघिसम्म एकल अंकको ब्याजदरमा कर्जा लगानी गर्ने बैंक कमै मात्र थिए। सो अवधिमा बैंकहरुले १४/१५ प्रतिशत सम्म ब्याज लिदै आएका थिए। तर अहिले स्थिर ब्याजदर बाहेक कमै बैंकको ब्याजदर दोहोरो अंकमा छ।

  • बैंकहरुकाे औषत आधार दर ७.७ प्रतिशत

पहिलो त्रैमासमा २७ वाणिज्य बैंकको आधार दर औषतमा ७.७ प्रतिशत रहेको छ। तीन महिना अघि अर्थात गत असार मशान्तसम्ममा बैंकहरुको आधार दर औषतमा ८.५ प्रतिशत थियो। यस अवधिमा बैंकहरको आधार दर ०.८ प्रतिशतले घटेको छ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बेंकको आधार दर सबैभन्दा कम ५.७ प्रतिशत छ। आधार दर घटाएर कर्जाको ब्याजदर सस्तो बनाएपनि बैंकले सोचेजति कर्जा भने लगानी गर्न सकेको छैन। त्यस्तै एनआइसी एशिया बैंकको ६.५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बेंकको ६.६ प्रतिशत नबिलको ६.७ प्रतिशत, नेपाल बैंकको ६.८ प्रतिशत आधार दर कायम भएको छ।

यस अवधिमा सिभिल बैंकको आधार दर सबैभन्दा धेरै छ। उसको आधार दर ८.९ प्रतिशत छ। त्यस्तै सिटिजन बैंकको ८.८ प्रतिशत, सेञ्चुरीको ८.७ प्रतिशत, एनसिसिको ८.६ प्रतिशत, कृषि विकास बैंकको ८.५ प्रतिशत, कुमारी बैंकको ८.४ प्रतिशत आधार दर रहेको छ। बढी आधार दर रहेको बैंकमा तुलनात्मक रुपमा कर्जाको ब्याजदर केहि महँगो हुन्छ।

बैङ्कहरूबीच प्रतिस्पर्धा बढ्दै गएको कारण उनीहरूले सकेसम्म प्रिमियम र ब्याज कम गर्ने गरेका छन्। प्रतिस्पर्धाकै कारण केहि बैंकले स्प्रेड दर समेत केन्द्रिय बैंकले भनेको भन्दा पनि निकै कम विन्दुमा राखेका छन्।

  • बैंकहरुको स्प्रेड दर औषतमा ४.३३ प्रतिशत, तीनको केन्द्रिय बैंकले तोकेको सिमा माथि

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकहरुले औषतमा ४.३३ प्रतिशत स्प्रेड रेट कायम गरेका छन्।
केन्द्रिय बैंकले ४.४ प्रतिशतभन्दा कम स्प्रेड दर कायम गर्नुपर्ने व्यवस्था गरेको छ। केहि बैंकले केन्द्रिय बैकले तोकेकै सिमामा राखेका छन् भने केहि बैंकले त्यो सिमाभन्दा पनि तल राखेका छन्। तीन बैंकको स्प्रेड दर भने केन्द्रिय बैंकले तोकेको सिमाभन्दा माथि छ।

गत आर्थिक वर्षमा उच्च स्प्रेड दर कायम गरेर नाफा कमाउदै आएका बैंकहरुले चालु आर्थिक वर्षको सुरुवात देखि नै स्प्रेड दर घटाउनु परेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २७ बैंकको स्प्रेड दर औषतमा ४.९९ प्रतिशत थियो। गत आर्थिक वर्षकै अन्त्यमा उक्त दर घटेर औसतमा ३.९९ प्रतिशतमा झरेको थियो। तर चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उक्त दर पुनः सामान्य बढेर ४.३३ प्रतिशत पुगेको छ।

असोज मशान्तसम्मा सानिमा बैंकको स्प्रेड दर सबैभन्दा थोरै ३.६१ प्रतिशत छ। ३ महिना अघि सम्म बैंकको स्प्रेड दर ३.४७ प्रतिशत थियो । यस अवधिमा उसको स्प्रेड दर सामान्य बढेको छ। त्यस्तै एभरेष्ट बैंक र नेपाल एसविआई बैंकको ३.९४ प्रतिशत, नबिल बैंकको ३.९७ प्रतिशत छ भने अन्यको ४ प्रतिशतभन्दा धेरै छ।

ग्लोबल आइएमई बैंक, नेपाल बंलादेश बैंक र हिमालयन बैंकको स्प्रेड दर भने अन्य बैंककाे केन्द्रिय बैंकले तोकेको सिमाभन्दा माथि छ।ग्लोबल आइएमई बैंकले ५.०३ प्रतिशत, नेपाल बंलादेश बैंकले ४.८८ प्रतिशत र हिमालयन बैंकले ४.७८ प्रतिशत स्पेड दर कायम गरेका छन्। अन्य तीन बैंकको स्प्रेड दर केन्द्रिय बैंकले तोकोकै सिमा अर्थात ४.४ प्रतिशत छ भने दुईको ३.३९ प्रतिशत र ६ वटा बैंकको ३.३८ प्रतिशत छ। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।