सिमित व्यक्तिको ‘होल्ड’ मा भएका कम्पनीको शेयर मूल्य निकै उच्च

Nov 23, 2020 03:15 PM merolagani

विष्णु बेल्वासे

बजारमा थोरै कित्ता शेयर भएका कम्पनीको शेयर मूल्य निकै उच्च हुने गरेको छ । बजारमा थोरै कित्ता शेयर हुने कम्पनीको शेयर सिमित व्यक्तिको पकडमा हुने भएकाले पनि शेयर मूल्य उच्च हुने गरेको हो ।

बिशाल बजार, साल्ट ट्रेडिङ कर्पोरेशन र नागरिक लगानी कोषको शेयरलाई हेर्ने हो भने पनि प्रष्ट हुन्छ । उक्त तीन कम्पनीको थोरै कित्ता शेयर बजारमा छ,तर शेयर मूल्य हेर्ने हो भने निकै उचाइमा पुगेको छ ।

बिशाल बजार कम्पनीको ४ लाख ९१ हजार ४ सय कित्ता शेयर नेपाल एक्चेन्ज (नेप्से) मा सूचीकृत छ । उक्त कम्पनीको शेयरको संख्या ज्यादै न्यून छ । न्यून कित्ता शेयर भएकाले केही सिमित व्यक्तिको हातमा मात्र बिशाल बजार कम्पनीको शेयर छ । उनीहरुले आफू खुशी मूल्य बढाएर अहिले प्रतिकित्ता ३ हजार माथि पुर्याएका छन् ।

विशाल बजार कम्पनीले आर्थिक वर्ष २०७२०७३ देखि नै वित्तीय विवरण सार्वजनिक गरेको देखिदैन् । वित्तीय स्थिति कस्तो छ ? भन्ने बिषयमा सर्वसाधारण अनभिज्ञ छन् । तर, शेयर मूल्य भने एकाएक बढाएर निकै उचाइमा पुर्याएको छ ।

बिशाल बजार कम्पनीको जस्तै कहानी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको पनि छ । उक्त कम्पनीको बजारमा शेयर ज्यादै कम छ । साल्ट ट्रेडिङ कर्पोरेशनको १५ लाख ३५ हजार ४ सय १८ कित्ता मात्र नेप्सेमा सूचीकृत छ ।

ज्यादै न्यून शेयर भएकाले साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर पनि सिमित व्यक्तिको ‘होल्ड’ मा रहेको प्रष्ट हुन्छ । उक्त कम्पनीको शेयर जसको हातमा छ, उनीहरुले शेयर मूल्य बढाउन १० कित्ता एकले अर्कोलाई बेच्ने फेरी त्यो किनेकोले बिक्री गर्नेलाई दिने यस्तै गरेर शेयरको मूल्य माथि पुर्याएका छन् ।

एक वर्षअघि ७ सय ३७ रुपैयाँ रहेको उक्त कम्पनीको शेयर अहिले ६ हजार भन्दा माथि पुर्याइएको छ । २५ देखि ३० प्रतिशत लाभांश वितरण गर्दै आएको उक्त कम्पनीको शेयर यति धेरै पुग्नुको पछाडिको कारण भने धेरैलाई थाहा नै छैन् ।

नेप्सेमा सूचीकृत साल्ट ट्रेडिङ कर्पोरेशनले २०७६ असारदेखि नै वित्तीय विवरण आफ्नो वेवसाइडमा राखेको छैन् । वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीको वित्तीय स्थिति सर्वसाधारणलाई थाहा हुने कुरै भएनन् ।

उक्त कम्पनीको जो सञ्चालक छन् वा नजिक बसेर जसले काम गरेको छ, उसैलाई मात्र कम्पनीको बारेमा थाहा छ । तिनीहरुले मात्र शेयर किन्ने अनि बिक्री गर्ने गर्छ ।

‘सर्पको खुट्टा सर्पले मात्र देख्छ’ भनेजस्तै केही सिमित व्यत्तिले मात्र वित्तीय अवस्था थाहा हुन्छ, त्यसैले किन्छ अनि बिक्री पनि त्यस्तै व्यक्तिले गर्ने गर्छन् । नियमन गर्ने निकाय पनि आखाँ चिम्लदा सिमित व्यक्तिले मात्र यस्तै धेरै कम्पनीबाट फाइदा लिइरहेका छन् ।

बिशाल बजार, साल्ट ट्रेडिङ कर्पोरेशनको जस्तै कथा अनि व्यथा नागरिक लगानी कोषको पनि छ । नागरिक लगानी कोषको १ करोड ६४ लाख ७ हजार ४ सय १० कित्ता शेयर नेप्सेमा सूचीकृत छ ।

धेरै जसो त्यहीका कर्मचारीले होल्ड गरेका र त्यसमा पनि ज्यादै न्यून संख्यामा सर्वसाधारण व्यक्तिसँग उक्त कम्पनीको शेयर रहेकाले छिनभरमा आकाश पाताल पुर्याइन्छ ।

सर्वसाधारणलाई भने किन शेयरको मूल्य माथि पुर्याइएको हो, त्यो समेत थाहा हुँदैन् । एक वर्षअघि १ हजार ६ सय ६७ रुपैयाँ रहेको नागरिक लगानी कोषको शेयर मूल्य अहिले शेयर ४ हजार ५ सय भन्दा माथि पुर्याइएको छ ।

२५ प्रतिशतको हाराहारीमा लाभांश वितरण गर्दै आएको उक्त कम्पनीको शेयर मूल्य यति धेरै बढनुको कारण बारेमा भने धेरै अनभिज्ञ छन् ।

बिशल बजार, साल्ट ट्रेडिङ कर्पोरेशन,नागरिक लगानी कोष यी त प्रतिनिधि पात्र मात्र हुन् । ज्यादै कम शेयर बजारमा भएका अन्य कम्पनी जस्तै माइक्रोफाइनान्सको शेयर मूल्य पनि तलमाथि पुर्याउने काम गरिन्छ ।

तर, बजारमा धेरै शेयर हुने वाणिज्य बैंकको भने शेयर मूल्यमा तलमाथि गर्न सक्ने सम्भावना कम हुन्छ । त्यसैले पनि वाणिज्य बैंकको शेयर मूल्य निकै कम हुने गरेको छ ।

हकप्रदको आशा देखाएर मूल्य आकासमा पुर्याइदै

चुक्ता पुँजी कम भएका कम्पनीको यति वा उती प्रतिशत हकप्रद शेयर आउँछ भनेर हौवा फिजाएका कारण शेयर मूल्य आकास पुर्याइने गरेको छ ।

चुक्ता पुँजी ज्यादै कम भएकाले हकप्रदको माध्यमबाट बढाउने सम्भावना भएका कम्पनीको शेयर मूल्य बढेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । ‘कम चुक्ता पुँजी भएका कम्पनीको हकप्रद शेयर दिने सम्भावना भएकाले शेयर मूल्य बढेको हुनुपर्छ,’ उनले भने, ‘नागरिक लगानी कोषको ८६ प्रतिशत हकप्रद आउने भएकाले पनि शेयर मूल्य बढेको हो ।’

बिशाल बजार कम्पनीको शेयर मूल्य बढनुलाई भने खासै अर्थ नदेख्ने रौनियारको भनाइ छ । ‘बिशाल बजार कम्पनीको शेयर बढनुलाई अचम्म मान्नु पर्ने देखिन्छ,’ उनले भने, ‘निकै विवादमा आएको र मूल्य निरन्तर बढनुलाई अनौठो मानेको छु ।’

साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य बढनुलाई आश्र्चयमा नलिएको अध्यक्ष रौनियारको भनाइ छ । ‘गत वर्ष पनि २५ प्रतिशत लाभांश दिएको थियो,’ उनले भने, ‘यसपाली पनि त्यति नै लाभांश दिन सक्छ ।’ चुक्ता पुँजी ज्यादै कम भएकाले पनि शेयर मूल्य बढन पुगेको रौनियारको भनाइ छ ।

धेरैजसो कम्पनीले हकप्रदको दिने हौवा बजारमा फैलाइन्छ र चुक्ता पुँजी हुने कम्पनीको शेयर मूल्य आकाश र पाताल पुर्याइन्छ । हकप्रद बाहेक अन्य वास्तबिक कारण किन त्यसरी कम्पनीको शेयर मूल्य बढ्यो वा घट्यो भन्ने कुरा सर्वसाधारणलाई थाहा हुँदैन् ।

किन बढदैन्, वाणिज्य बैंकको शेयर ह्वात्त ह्वात्ती 

धेरै कित्ता बजारमा भएकाले वाणिज्य बैंकको शेयर ह्वात्त ह्वात्ती बढाउने सम्भावना ज्यादै कम रहेको लगानीकर्ताको भनाइ छ । थोरै कित्ता बजारमा हुने कम्पनीको शेयर भन्दा बढी कित्ता हुने वाणिज्य बैंकको शेयरमा चलखेल कम हुने रौनियारले बताए ।

‘वाणिज्य बैंकको शेयर बजारमा बढी परिणाममा हुने भएकाले ह्वात हवात्ती बढाउन सकिदैन्’ उनले भने, ‘जोखिम पनि कम भएकाले वाणिज्य बैंकको शेयर खरिद गर्दा उत्तम हुने देखिन्छ ।’ हुन पनि १० देखि १५ प्रतिशत लाभांश दिने वाणिज्य बैंकको शेयर मूल्य ४ सयको हाराहारीमा पाइन्छ । तर, त्यति नै लाभां दिने अन्य कम्पनीको शेयर मूल्य १२ सय भन्दा कम छैन् ।

नियमन गर्ने निकाय आखाँ चिम्लदा सर्वसाधारण लगानीकर्ता फस्ने सम्भावना बढी

वित्तीय विवरण पनि समय समयमा सार्वजनिक नगर्ने भएकाले पनि कम्पनीको वास्तविक अवस्था थाहा हुन नसकेको हो । त्यसैले पनि नेप्सेमा सूचीकृत कम्पनीहरुले प्रत्येक तीन महिनाको वित्तीय विवरण दैनिक प्रत्रिकामा प्रकाशित गर्नु पर्ने र त्यसरी प्रकाशित वित्तीय विवरण कम्पनीले आफ्नो वेवसाइडमा पनि राख्नु पर्ने नीतिगत व्यवस्था छ ।

तर कतिपय कम्पनीहरुले प्रत्येक तीन तीन महिना सार्वजनिक गर्नु पर्ने वित्तीय विवरण बषौंदेखि सार्वजनिक गरेका छैनन् ।

नेप्सेमा सूचीकृत कम्पनीको वित्तीय अवस्था कस्तो छ भन्ने जानकारी सम्बन्धित कम्पनीको वित्तीय विवरण हेरेर थाहा पाउने र त्यही अनुसार लगानी गर्नु पर्ने हुन्छ । तर लामो समयसम्म वित्तीय विवरण आफ्नो वेवसाइडमा नराक्ने कम्पनीलाई नियमन गर्ने निकायले कारवाही पनि गर्न सकेको छैन् ।

नियमनकारी निकाय आखाँ चिम्लदा सर्वसाधारण लगानी कर्ता फस्ने सम्भावना बढी भएको अध्यक्ष रौनियाको भनाइ छ । ‘नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड, नेप्सेलगायतले कम्पनीको अवस्थाका बारेमा जानकारी दिने हो भने धेरै समस्या समाधान हुने छन्,’ उनले भने, ‘नियमनकारी निकायले आँखा चिम्लदा पनि समस्या परेको छ ।’

यतिबेला वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीको शेयर सर्वसाधारण लगानीकर्ताले वित्तीय विवरण नहेरी अनुमानमा भरमा लगानी गरिरहेका छन् । यसले सर्वसाधारण लगानीकर्ताको लगानी जोखिममा परिरहेको छ ।
बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने काम राष्ट्र बैंकले गर्छ । राष्ट्र बैंकले नियमन गर्ने बैंक तथा वित्तीय संस्थाले समयमा नै आफ्नो वित्तीय विवरण प्रकाशित गर्ने गरेका छन् ।

त्यसैगरी बीमा समितिले पनि बीमा कम्पनीको नियमन गर्ने हुनेले बीमा कम्पनीले पनि वित्तीय विवरण समयमा नै सार्वजनिक गर्ने गर्छन र वेवसाइडमा पनि राख्ने गर्छन् । तर नियमन गर्ने निकाय नभएका कम्पनीले भने बषौंसम्म पनि आफ्नो वित्तीय विवरण वेवसाइडमा राखेको पाइदैन र कारबाही पनि भएको छैन् ।

तर, शेयर बजारमा भने ती कम्पनीको मूल्यमा चलखेल गरिन्छ र शेयर मूल्यको भाउ आकाश पाताल पुर्याउने काम गरिन्छ । यस्तो कार्यले ठूला लगानीकर्तालाइ फाइदा भएपनि साना लगानीकर्ता भने डुब्ने सम्भावना अत्याधिक हुने गर्छ । त्यसैले सम्बन्धित निकायले यस बारेमा ध्यान दिनु जरुरी भएको बिज्ञहरुको सुझाव छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।