गुराँस लाइफ इन्स्योरेन्सका नव निर्वाचित अध्यक्ष विवेक दुगड़द्धारा सपथ ग्रहण

Nov 23, 2020 04:37 PM Merolagani



गुराँस लाइफ इन्स्योरेन्स (GLICL) का नव निर्वाचित अध्यक्ष विवेक दुगडले सपथ ग्रहण गरेका छन् । उनले बीमा समितिका अध्यक्ष समक्ष सोमबार पद तथा गोपनियताको सपथ लिएका हुन् ।

बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाइँ समक्ष बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३को उपदफा(४) सँग सम्बन्धित अनुसूची १ बमोजिम पद तथा गोपनीयताकोे सपथ लिइएकाे हाे ।

कम्पनीको मंसीर ४ गते सम्पन्न दशौं वार्षिक साधारण सभाले संचालकहरू निर्वचित गरेकाे थियाे । सोही दिन नै बसेको संचालक समितिको बैठकले दुगडलाई अध्यक्ष चयन गरेकाे हाे।

सपथ ग्रहण समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल र गुराँस लाइफ इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईको समेत उपस्थिति थियाे ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।