एनआईसी एशिया क्यापिटलले मंसिर १२ गतेदेखि खुलामुखी याेजना निष्काशन गर्ने

Nov 24, 2020 12:36 PM Merolagani

एनआईसी एशिया बैंक कोष प्रबर्द्धक रहेको एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड बिक्री खुला हुने भएको छ। इकाइकाे योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले मंसिर १२ गतेदेखि एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड बिक्री खुला गर्ने भएको हो।

फण्ड अन्तर्गत प्रति इकाई १० रुपैयाँका दरले ५ करोड बराबरको इकाई अर्थात ५० करोड रुपैयाँ बराबरको इकाई निष्काशनमा आउनेछ।

त्यसमध्ये, १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रबर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी ४ करोड २५ लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुलाई एक करोड २५ लाख इकाई निष्काशनमा ल्याउन लागेको हो ।

यस खुलामुखी योजनामा छिटोमा मंसिर १६ गते सम्ममा आबेदन गरीसक्नु पर्नेछ। त्यस अवधिमा पर्याप्त आवेदन नपरे ढिलोमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिनेछ।

यस योजनामा प्रति इकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईका लागि र अधिकतम ५० लाख इकाई सम्म आबेदन दिन सकिनेछ।

इक्रा नेपालले योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटललाई 'इक्राएनपी एएमसी क्वालिटी ३' रेटिङ्ग दिएको छ। यस्तै प्रबर्द्धकलाई इक्रा नेपालले 'इक्राएनपी–बीबीबी प्लस' रेटिङ्ग दिएको छ। यसले मध्यम जोखिम रहेको जनाउछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।