मंगलबार उपत्यकाका ९४७ जना सहित १७९० जना कोरोना संक्रमित थपिए, २४ जनाको मृत्यु

Nov 24, 2020 05:09 PM Merolagani



मंगलबार एक हजार ७९० जना कोरोना संक्रमित थपिएका छन् । । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख २४ हजार ७८ पुगेको छ । जसमध्ये सक्रिय संक्रमण हुनेहरु १७ हजार ८५९ जना छन् ।

पछिल्लो २४ घण्टामा कोभिड १९का कारण २४ जनाको मृत्यु भएको छ । हालसम्म देशभरमा ज्यान गुमाउनेको कुल संख्या एक हजार ३६१ रहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९४७ जना रहेका छन् । काठमाडौंका ६९२ जना, ललितपुरका १९० जना र भक्तपुरका ६५ जना गरी सो संख्या पुगेको हो ।

यसैगरी गत २४ घण्टामा कोरोना निको हुने दुई हजार ७९१ जना रहेका छन् भने अहिलेसम्म कुल दुई लाख चार हजार ८५८ जनाले कोरोना जितिसकेका छन् । हाल क्वारेनिटनमा ६२७ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो एक दिनमा १० हजार ८४३ पीसीआर परीक्षण भएको छ भने अहिलेसम्म कुल १६ लाख ८१ हजार २९९ परीक्षण भइसकेको छ ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।