बीमा समितिको तथ्यांक अनुसार जीवन बीमा ब्यवसायतर्फ ३९ अर्ब २२ करोड र निर्जीवन बीमा तर्फ ९ अर्ब ८८ करोड रुपैयाँ गरी कुल ४९ अर्ब १० करोड रूपैयाँ बीमा शुल्क संकलन गरेको हो ।
जीवन बीमा अन्तर्गत नेपाल लाइफ एक्लैले ११ अर्ब १८ करोड भन्दा बढी बीमा शुल्क आर्जन गरेको छ भने निर्जीवन बीमा तर्फ शिखर इन्स्योरेन्सले ९३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरी अग्रता लिएको छ ।
नेपाल लाइफको मात्रै २८.५१ प्रतिशत योगदान
चालु आर्थिक वर्षको कार्तिकसम्ममा जीवन बीमा कम्पनीहरुले ३९ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीहरुबाट सो बराबरको बीमा शुल्क संकलन गरेको हो ।
बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा शुल्कमा नेपाल लाइफको मात्रै २८.५१ प्रतिशत योगदान रहेको छ । नेपाल लाइफ एक्लैले यस अवधिमा ११ अर्ब १८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको हो ।
यस्तै एलआईसी नेपाल र राष्ट्रिय बीमा संस्थानको पनि कुल बीमाशुल्कमा १० प्रतिशत भन्दा बढी योगदान रहेको छ । यस अवधिमा एलआईसी नेपालले ५ अर्ब ६५ करोड रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ६५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
नेशनल लाइफ इन्स्योरेन्सले ३ अर्ब ६१ करोड रुपैयाँ, युनियन लाइफले २ अर्ब २ करोड रूपैयाँ, एशियन लाइफले १ अर्ब ८१ करेड रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यस्तै मेट लाइफ, प्राइम लाइफ, गुराँस लाइफ, र सूर्या लाइफको बीमाशुल्क अर्ब माथि आर्जन गरेका छन् ।
सबै भन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सले २४ करोड रुपैयाँ मात्रै कुल बीमा शुल्क आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरूले आर्जन गरेको ३९ अर्ब २२ करोडको ०.६१ प्रतिशत मात्रै हो ।
निर्जीनवन तर्फ शिखरको रेकर्ड कायमै
निर्जीवन बीमा कम्पनीहरु तर्फ शिखर इन्स्योरेन्सले सबै भन्दा धेरै कुल बीमाशुल्क आर्जन गरेको छ । यस अघि निरन्तर अब्बल सबित गर्दै आएको शिखर इन्स्योरेन्सले रेकर्डलाइ निरन्तरता दिएको हो ।
चालू आर्थिक वर्षको कार्तिक महिना सम्ममा निर्जीवन बीमा कम्पनीहरुबाट कुल ९ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो हाल संचालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरु मध्ये राष्ट्रिय बीमा कम्पनी बाहेकबाट उक्त रकम बराबरको बीमा शुल्क संकलन गरेको हो ।
बीमा समितिको तथ्यांक अनुसार सबै भन्दा धेरै शिखर इन्स्योरेन्सले एक अर्ब १२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरूले संकलन गरेको कुल बीमाशुल्कको ११.३४ प्रतिशत हो ।
शिखर इन्स्येरेन्स बाहेक कुनैपनि बीमा कम्पनीहरूको बीमाशुल्क अर्ब नाघेको छैन् । शिखर पछि सगरमाथा इन्स्योरेन्सले ९३ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै नेकोले ९१ करोड रूपैयाँ, सिद्धार्थले ८१ करोड रूपैयाँ र एनएलजी इन्स्योरेन्सले ७३ करोड रूपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
नयाँ संचालनमा आएका अजोड इन्स्योरेन्सले यस अवधिमा ४२ करोड रुपैयाँ कुल बीमा शुल्क कमाएको छ । यो पुरानो संचालनमा रहेका प्रुडेन्सियल, नेपाल इन्स्योरेन्स, ओरेन्टल, युनाइटेड, एभरेष्ट, हिमालयन जनरल र नेशनल इन्स्यारेन्सको भन्दा बढी हो ।
यस्तै सबै भन्दा कम सानिमा जनरल इन्स्यारेन्सले १४ करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरेको कुल बीमाशुल्कको १.८२ प्रतिशत मात्रै हो ।