विश्व शेयर बजारमा नयाँ रेकर्ड, तेलको मूल्यमा उच्च बढोत्तरी

Nov 25, 2020 11:36 AM Merolagani



बलियो आर्थिक सुधार र राजनीतिक अनिश्चितताको अन्त्यको अपेक्षाका बीच विश्व शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । उच्च बढोत्तरीपछि मंगलबार जउ जोन्स पहिलोपटक ३० हजार अंकभन्दा माथि पुगेर बन्द भएसँगै नयाँ रेकर्ड कायम गर्याे । 

यस दिन डउ जोन्स १.५४ प्रतिशतले बढेर ३० हजार ०४६.२ को उच्च बिन्दुमा पुग्यो ।

यसैगरी एसएण्डपी ५०० सूचकले पनि हालसम्मकै नयाँ रेकर्ड कायम गर्याे । उक्त सूचक १.६२ प्रतिशतले बढेर ३ हजार ६३५.४ को बिन्दुमा पुग्यो । लागनीकर्ताहरुले आर्थिक रुपमा संवेदनशील र उर्जा शेयर खरिद गरेसँगै उक्त सूचकलाई नयाँ रेकर्ड कायम गर्न सहायता पुगेको हो ।

यसदिन नास्डाक कम्पोजिट १.३१ प्रतिशतले बढेर १२ हजार ०३६.७ को बिन्दुमा पुग्यो ।

अमेरिकी राष्ट्रपति पदमा चुनिएका जो बाइडेनलाई ह्वाइट हाउसमा आफ्नो कार्यकाल सुरु गर्नका लागि बाटो खुल्नुका साथै कोभिड–१९ को भ्याक्सिन माथिको लगातारको प्रगतिको खबरले शेयर बजारलाई माथि उठाउनुका साथै विश्व अर्थव्यवस्थाले पनि सुधारको गति समाएको छ ।

यूरोपको मुख्य बजार पनि तीव्र गतिमा अगाडि बढ्यो । यसदिन लन्डनको एफटीएसई १०० सूचक १.५ प्रतिशतले बढेर बन्द भयो । 

बुधबार जापान बाहिरको एशिया–प्यासिफिक शेयर ०.४५ प्रतिशतले बढ्यो । जबकि जापानको निक्केई सूचक १.७ प्रतिशतले बढेर २९ वर्षयताकै उच्च स्तरमा पुग्यो ।

दक्षिण कोरिया, अस्ट्रेलिया, न्यूजील्याण्ड र सिंगापुरको शेयर सूचक पनि उच्च स्तरमा रहेका छन् ।

तेलको मूल्यमा उच्च वृद्धि
यसैगरी यसदिन तेलको मूल्यमा पनि उच्च बढोत्तरी देखियो । यूएस क्रुड ४.२५ प्रतिशतले बढेर प्रतिब्यारेल ४४.८९ डलर पुग्यो भने ब्रेन्ट क्रुड ४ प्रतिशतले बढेर ४७.८९ डलर प्रतिब्यारेल पुग्यो । एजेन्सी 




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।