सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन

Nov 25, 2020 12:05 PM Merolagani



सिटिजन्स बैंक (CZBIL) को लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । लाभांश पारित गर्न बैंकले मंसिर २० गते १४ औं वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभा प्रयोजनको लागि भोलि मंसिर ११ गते बिहिबार बैंकले बुक क्लोज मिति तोकेको छ । त्यस अनुसार आज बुधबार सम्म कायम शेयरधनीले मात्रै बैंकको लाभांश पाउनेछन् ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई ७२ करोड ७१ लाख ८५ हजार ३८३ रुपैयाँ बराबरको ८ प्रतिशत बोनस शेयर र कर सहित ३ प्रतिशतका दरले हुन आउने २७ करोड २६ लाख ९४ हजार ५१८ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ ।