महासंघको साधारण सभा उद्घाटन भाेली ११ बजे, राेक्ने /नराेक्ने सर्वाेच्चकाे आदेश १० बजे

Nov 25, 2020 02:56 PM Merolagani



सुवास निरौला

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभाको उद्घाटन समारोह बिहीबार(भोलि)बिहान साढे ११ बजे हुने तालिका छ।

साधारण सभा अवैधानिक भन्दै मंगलबार सर्वोच्चमा परेको रिटको पहिलो सुनवाइ बिहीबारनै (भोलि)बिहान १० बजे तोकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट महासंघको साधारण सभाको उद्घाटन गर्दैछन्। उता सर्वोच्चले भौतिक उपस्थितिमै रिटको सुनवाइ गर्दैछ।

देशकै सबैभन्दा ठूलो व्यवसायिक संस्थाको रुपमा रहेको महासंघको साधारण सभालाई उच्च प्राथमिकता दिँदै प्रधानमन्त्री स्वयंले साधारण सभाको उद्घाटन गर्दैछन्। तर उनले उद्घाटन गर्ने भनिएको साधारण सभा वैधानिक वा अवैधानिक भन्दै परेको रिटमा सर्वोच्चले तालिका अनुसार  सुनवाइ गरे उद्घाटनकाे एक घण्टा अघि आदेश आउने छ। सर्वोच्चले परेको रिटकाे पक्षमा आदेश गरे प्रधानमन्त्रीले गर्ने उद्घाटन नै विवादित बन्न सक्छ। यदि सर्वोच्चले रिट दायर कर्ताको पक्षमा आदेश जारी नगरे मात्रै उद्घाटनले सार्थकता पाउने छ।

सर्वाेच्च अदालतले प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम बिरूद्ध रीट परेकाे हुँदा रिट दर्ता गर्न नै  आनाकानी गरेको आराेप लागेकाे छ। मंगलबार निक्कै जोड बलपछि मात्रै उक्त निवेदन लिन अदालत राजी भएको रीट दर्ताकर्ताले आराेप लगाएका छन्। रिट दर्ता गर्ने शिवशंकर साहले रिटको सुनवाइमा समेत व्यवसायीहरूको निक्कै जोड बल हुने भएकाले आदेशप्रति आशंका व्यक्त गरेका छन् । 

महासंघको साधारण सभाको उद्घाटनमा सर्वोच्च अदालत र प्रधानमन्त्री कार्यालय आमेन सामने हुने देखिएकाे छ। यसले पनि महासंघको ५४ औं साधारण सभा अन्य साधारण सभा भन्दा फरक र रोचक हुने निश्चित भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनलाई अवैधानिक संज्ञा दिदैं  निर्वाचन रोक्न  नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर दुईका अध्यक्ष शिबशंकर शाहले मंगलबार सर्वोच्चमा रिट हालेका हुन्। यस अघि उनले जिल्ला प्रशाशन कार्यालय निवेदन दिएका थिए। प्रशाशन कार्यालयले उनको निवेदन उपर कारबाही गर्दै मंगलबार नै महासंघलाइ संघ दर्ता लगायतका सबै कागज पत्र लिएर आउन भन्दै पत्र काटेको छ। उक्त पत्रको जबाफ दिँदा दिँदै समय घर्किने भएपछि हतार हतार साह सर्वोच्च गएका थिए। 

साहले दायर गरेको रिटमा महासंघ राष्ट्रिय निर्देशन एन २०१८ अन्तर्गत दर्ता भएको संस्था भएकोले सरकारको प्रत्यक्ष निगरानी रहने हुँदा,निर्वाचन प्रतिनिधिहरूको पदावधि समाप्त भएपछि अर्को निर्वाचन नहुने बेलासम्मकाे काम गर्न तदर्थ समिति गठन गरी त्यसै समितिद्वारा निर्वाचन गर्नु पर्ने माग गरेका छन्। 




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।