महासंघको निर्वाचनमा करीव साढे ११ सयले मतदान गर्ने,निर्वाचन कार्यक्रम तालिका यस्ताे छ

Nov 25, 2020 03:45 PM Merolagani



नेपाल उद्योग वाणिज्य महासंघको ५४ औ वार्षिक साधारण सभा बिहीबारबाट शुरु हुँदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट साढे ११ बजे साधारण सभाकाे उद्घाटन गर्दै छन् । 

मुलुककै सबैभन्दा ठूलो व्यवसायीहरूको छाता संगठनको साधारण सभा भएकोले पनि यो साधारण सभालाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरले चासोपूर्वक हेरिरहेको छ। यो साधारण सभाले आगामी नेतृत्व चयन गर्ने भएकोले पनि चासोपूर्वक हेरिएको हो। हुन त साधारण सभा तोकिएको मिति भन्दा आठ महिना पछि हुँदै छ। यस अघि चैत मै भइसक्नु पर्ने साधारण सभा कोभिडको कारण सर्दै आएको हो।

महासंघले सार्वजनिक गरेको सधारण सभा सम्बन्धी कार्यक्रमहरूमा मंसीर ११ गते,बिहीबार बिहान प्रधानमन्त्रीले साधारण सभाको उद्घाटन जुम प्रविधिबाट प्रधानमन्त्री निवास, बालुवाटारबाट गर्ने छन।

मंसीर १२ गते,शुक्रवार बिहान १०-०० बजे साधारण सभाको बन्द सत्रको कार्यक्रम सञ्चालन नेपाल उद्योग वाणिज्य महासंघबाट जुम प्रविधिबाट नै हुने छ।

मंसीर १३ गते शनिवार बिहान ८-०० बजेबाट नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्योग वाणिज्य समूह, कार्की व्याङकेट माइतीघरमा एशोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय, टेकुमा बस्तुगत संघ समूहको छुट्टा छुट्टै रुपमा निर्वाचनको लागि मतदान हुने छ।

कोभिड—१९ पोजेटिभ देखिएका मतदाताहरूले आफैले मतदान गर्नुपर्ने अवस्थामा (तीनै समूहका मतदाताहरू) त्यस्ता मतदाताहरूका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था गरिने भएको छ। त्यस्ता मतदाताहरू भए आफै वा आफ्नो संस्था मार्फत यथाशक्य चाँडो निर्वाचन समितिलाई जानकारी गराई दिन समेत महासंघले अनुरोध गरेको छ।

निर्वाचन समितिले पाँच किसिमका मतपत्र निर्वाचनको लागि प्रयोगमा ल्याउने जानकारी दिएको छ। कुन रङ्गको कसकालागि हुने भन्ने बिहीबार मात्रै फाइनल हुने निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए।

पौडेलका अनुसार बिहीबार बिहान मतदाताको अन्तिम नामावली प्रकाशित हुने छ। बुधवारसम्म अद्यावधिक भएकामा मोटामोटी एसोसिएट तर्फबाट ९२३ मतदाता छन्। बस्तुगत तर्फ १०३,जिल्ला नगरबाट १०७, द्धि राष्ट्रियबाट १२ र संस्थागत तर्फ १२ गरी कुल ११५७ मतदाता सहभागी हुने तयारीमा छन्। जसमा एसोसिएटतर्फका १२ देखि २० मतदाता रद्द हुने सम्भावना रहेको पौडेलले बताए। मर्जरमा गएका वा अस्तित्वमै नभएका कम्पनीको मताधिकार रद्द हुने सम्भावना रहेको पौडेलको भनाइ छ।

निर्वाचनमा विभिन्न पदकालागि १२७ जनाले उम्मेदवारी दिएका थिए। जसमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन्। वाँकी १२३ जना उम्मेदवार छन्। जसमा दुई जना निर्विरोध निर्वाचित भइसकेका छन्। अब वाँकी एक सय २१ जनाले निर्वाचनमा प्रतिस्पर्धा गर्ने पौडेलको भनाइ छ। जसमध्ये ७० जना निर्वाचित भएर आउने छन्। जसमा एक वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष तीन,प्रदेश उद्योग वाणिज्य सङ्घबाट सात,जिल्ला नगर उद्योग वाणिज्य सङ्घबाट १८,बस्तुगत बाट १४, एसोसिएट बाट १९, दुई राष्ट्रबाट एक,संस्थापक सदस्यबाट एक हुने छन्।

जुन समूहको निर्वाचन हो त्यही समूहका सदस्यले मात्रै समूहगत रुपमा उठेका पदाधिकारीलाई मतदान गर्न पाउँछन्। तर वरिष्ठ उपाध्यक्षलाई भने सबैले मत दिन पाउने व्यवस्था रहेको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।