बैदेशिक रोजगारमा जाने घटेपनि रेमिट्यान्स १२.६ प्रतिशतले बढ्यो

Nov 25, 2020 04:48 PM Merolagani



नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स १२. ६ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक गरेको छ । यस अवधिमा २ खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्यांक सार्वजनिक  भएकाे छ ।

अघिल्लो वर्षको पहिलो सोहि अवधिमा रेमिट्यान्स ५.१ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स ७. ६ प्रतिशतले बढेर दुई अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.७ प्रतिशतले घटेको थियो । 

 

समिक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ९६.८ प्रतिशतले घटेको छ । यस अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३.७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या तीन महिनामा ७८.६ प्रतिशतले घटेको छ ।

बैदेशिक राेजगारीमा जानेकाे संख्या घटेपनि यस अवधिका अबैधानिक हुन्डी कारोबार रोकिएर बैधानिक रुपमा आउने रेमिन्यान्स बढेको हो । यस्तै विदेशका विभिन्न स्थान रहेको नेपालीहरुलाई कोभिडले असर गरेको भन्दै त्यहाँका सरकारले राहत दिएकोले पनि रेमिट्यान्स बढ्नमा सहयोग पुगेको हो ।

समिक्षा अवधिमा खुद ट्रान्सफर १०.२ प्रतिशतले वृद्धि भएर २ अर्ब ८६ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो खुद ट्रान्सफर ३.८ प्रतिशतले घटेको थियो ।

 




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।