उपभोक्ता मुद्रास्फीति ३.७९ प्रतिशतमा झर्यो, मंहगी घट्यो

Nov 25, 2020 04:55 PM Merolagani



नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७९ प्रतिशत रहेको विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२१ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४६ प्रतिशत रहेको छ ।

२०७६ असोजको तुलनामा तरकारीको मुल्यवृद्धि २३.१० प्रतिशत र दाल तथा गेडागुडी उपसमुहको मूल्यवृद्धि १३.८६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.३५ प्रतिशत, तराईमा ४.४६ प्रतिशत, पहाडमा ३.०३ प्रतिशत र हिमालमा ४.३९ प्रतिशत मुद्रास्फीति रहेको छ ।

गत वर्षको यसै अवधिमा क्रमश ८.१४ प्रतिशत, ५.७५ प्रतिशत, ४.८९ प्रतिशत र ५.११ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

 




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।